निशुल्क महिला स्वास्थ्य शिविर मेलम्चीमा सम्पन्न ५२० जनाले लिए सेवा
मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा भएको निशुल्क महिला स्वास्थ्य शिविरमा ५२० जनाले सेवा लिएका छन् । आज भएको शिविरमा २१० आङ खस्ने रोगको समस्या भएको,१४ जनाको रिङपेशरी राखेर उपचार गरिएको,पाठेघरको सल्यक्रिया गर्नुपर्ने २० जना, ३१० जनाको पाठेघरको मुखको जाँच गरिएकोमा १६ जनाको मुखको क्यान्सरको संकाश्पद भेटिएको र १५० जनामा पाठेघरमा संक्रमण भएको पाइएको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो ।
शिविरको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभएको थियो । शिविरमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याको उपचार,रिङ्पेशरिको परामर्श र अप्रेशन सुविधा,स्त्रीरोग सम्बन्धी परिक्षण,पाठेघरको मुखको मयलको परिक्षण र परामर्श , निशुल्क पाठेघरको अप्रेशन सेवा प्रदान गरिएको थियो ।
प्रतिक्रिया