मेलम्ची नगरपालिकाकाे आगामि आर्थिक बर्षकाे बजेट, नीति तथा कार्यक्रम माथिकाे छलफल सम्पन्न

मेलम्ची नगरपालिकाकाे आगामि आर्थिक बर्षकाे बजेट, नीति तथा कार्यक्रम माथिकाे छलफल सम्पन्न
राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ जेठ ३१ गते १८:१९

मेलम्ची नगरपालिकाले आगामि आर्थिक बर्षकाे बजेट, नीति तथा कार्यक्रम माथि छलफल सम्पन्न गरेकाे छ । हिजाेबाट सुरू भएकाे सुझाव संकलनमा पहिलाे दिन संघसंस्थासंग र आज राजनितीक तथा सराेकारवाला निकायसंग सुझाव संकलन गरेकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख आइतमान तामाङले कृषि,शिक्षा,स्वास्थ्य लगायतका समग्र नगरको विकासका निम्ति आएका सुझावलाई कार्यान्वयन गर्दै अगाडी बढ्ने बताउनुभयो । उहाँले गरेका कामको जानकारी गराउँदै छुटेका कार्यक्रम अत्यावश्यक रुपमा गर्नुपर्ने काममा सधैं संगै रहेको बताउनुभयो । उद्याेग स्थापना गर्ने कुरामा सल्लाह गरेर हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । विपद्का क्षेत्रमा कर्मचारी,जनप्रतिनिधि र स्थानीयलाई दक्ष बनाउदै आवश्यक उपकरण खरिद गरेर तयारी अवस्थामा रहेको नगर प्रमुख तामाङले बताउनुभयो ।

उपप्रमुख उमा प्रधानले नगरलाई समृद्ध बनाउनका लागी आएका सुझावलाई निति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाउनुभयो ।

पुर्व नगर प्रमुख डम्बर बहादुर अर्यालले याेजनाहरू दिगाे रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयाे साथै काेटेसन र रकमान्तर प्रथाकाे न्युनिकरण गर्नुपर्ने बताउनुभयाे । प्रत्यक्ष अप्रत्यक्ष रुपमा अहिले पनि चेलीबेटी बेचबिखन हुने गरेको उल्लेख गर्दै निति नियम र कानुन बनाएर सक्रिय ढंगले अगाडि बढ्नुपर्ने,स्थानीय पाठ्यक्रम तयार गरेपनि अहिले सम्म कार्यान्वयन नभएकोमा उहाँले ध्यानाकर्षण गराउनुभयो । उहाँले विद्यालय मर्जकाे अवधारणा अगाडी बढाउनुपर्ने, क्याम्पसलाई ब्यबस्थित गर्नुपर्ने बताउनुभयाे । मेलम्चीले आगामी विपद बाट प्रभावित हुनेहरुको संख्या सार्वजनिक गर्दै समाधानका लागी काम गर्नुपर्ने ।

निवर्तमान उपप्रमुख भगवती नेपालले गुरु योजनाको समिक्षा र अनुगमन गर्नुपर्ने,बाढिको अध्ययन रिपोर्ट लाई आधार मानेर काम गर्नुपर्ने,कृषिमा लागत साझेदारी आवश्यकता रहेको,रैथाने बालिको पहिचान र संरक्षण गर्नुपर्ने,एक घर एक धारो कार्यक्रमलाई नियमित गर्दै धारो तथा कुवाको संरक्षण गर्नुपर्ने बताउनुभयो । एक वडा एक पोखरी एक वडा एक चौतारी कार्यक्रम संचालन गर्नुपर्ने, अलपत्र सडक संजालको विकास गर्नुपर्ने, नगर अस्पताललाई क्षेत्रीय अस्पताल र पिप्लेमा नगर अस्पताल स्थापना गर्नुपर्ने ,किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम बनाएर सचेतनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । दोभासेको ब्यबस्थापन गरि अभिभावकलाई तालीम दिनुपर्ने, सकेसम्म एक वडा एक परामर्शकर्ता ब्यबस्था गर्नुपर्ने,मानसिक अपाङ्गता बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्दै समस्या समाधान गर्नुपर्ने, लोकल रक्सीलाई ब्राण्ड गर्दै अगाडि बढ्नुपर्ने,सहकारी बाट ऋण लिएर नतिर्ने सबैभन्दा पहिला जनप्रतिनिधि लाई कारबाही गरेर सुरु गर्ने बताउनुभयाे ।

नेकपा एमालेका नेता बालकृष्ण देउजाले दिएका सुझावहरु कार्यान्वयन गर्नका निमित्त आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले गरेका राम्रो कामको प्रशंसा र नराम्रो कामको सुझाव र सकारात्मक आलोचना गर्नेकुराम आफु सधैं संगै रहेको बताउनुभयो । नगरमा देखिएका जल्दाबल्दा समस्या र समाधानको बाटोमा सधैं हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

सहकारी अभियान्ता मित्रलाल चौलागाईंले निष्क्रिय सहकारी लाई खारेज र सक्रियलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयाे।सहकारीलाई ब्यबस्थित र प्रभावकारी बनाउनका लागी सुझाव समेत पेश गर्नुभयो । सहकारीको ब्यबशायीक योजना निर्माण गर्नुपर्नेमा उहाँको जाेड थियाे ।

कार्यक्रममा मोहन ढकालले एकल महिला,कृषि लगायतका क्षेत्रमा उल्लेख्य लगानी गर्नपर्ने बेला भएकाे बताउनुभयाे ।

जेष्ठ नागरीक सञ्जालका अध्यक्ष एकादत्त धितालले जेष्ठ नागरिक हरुको समस्या समाधानमा विशेष ध्यान दिन आग्रह गर्नुभयाे । सुनिता पराजुलीले एकल महिला लाई सिपसंग जोड्दै बाढिबाट पीडित भएका हरुलाई आयआर्जन संग जोड्दै सक्षम बनाउनुपर्ने बताउनुभयाे । उहाँले एक वडा एक उत्पादन लाई जोड्दै अन्तरपाटि महिला संजाल गठन गर्नुपर्ने माग राख्नुभयो । मेलम्चीका यादव दुलालले शिक्षकले सिकेको प्रबिधिलाई विद्यार्थी मैत्री बनाउन पर्ने र परिक्षामा एकरुपता हुनुपर्ने बताउनुभयाे । तालिमको लागी स्रोत व्यावस्थापन गरीदिन आग्रह गर्नुभयाे ।

मेलम्ची नगर उद्याेग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालले बजार ब्यबस्थापन लाई मेलम्ची मात्र नभएर तालामाराङ,भोटेचौर,बाहुनेपाटि,पिप्ले लगायतका ठाउँमा पनि गर्नुका साथै दीर्घकालीन विकासको काम गर्नुपर्ने बताउनुभयाे ।

नेकपा माआेवादिका नेता ज्ञाप्रसाद सापकोटाले नगरले गर्न नसकेका कमजोरी र नगरपालिकाको पनि योजना आउनुपर्ने बताउनुभयो । विपदले जताततै जोखिम रहेकाले तत्काल काम गर्नुपर्नेमा उहाँको जाेड थियाे । सम्भावित जोखिम न्यूनीकरणका लागी काम गर्न उहाँले सुझाव दिनुभयाे ।

सोमराज घ्लानले किसानलाई समयमै दिनका लागी र किसानको माग अनुसारको रासायनिक मल पुर्याउनका लागी नगरले काम गर्नुपर्ने र समस्या निराकरण तर्फ लाग्नुपर्ने बताउनुभयाे । उपभोक्ताले गिटि बालुवामा तिर्नुपर्ने कर धेरै भएकाे उहाँको गुनासाे थियाे ।

राम प्रसाद सापकोटाले निति तथा कार्यक्रम उत्कृष्ट बन्ने तर कार्यान्वयन नहुने गरेको बताउनुभयाे । नगरपालिकाकाे उपलब्धि पनि सार्वजनिक गर्न उहाँले सुझाव दिनुभयाे । कृषि तथा पशु फर्म खोल्ने किसानको माग अनुसार याेजनादबन्नुपर्नेमा उहाँको जाेड थियाे ।

नगर शिक्षक संघका सचीव ईश्वरप्रसाद चौलागाईंले समग्र नगरकाे शैक्षिक अवस्था र सुधारका लागि सुझावहरू दिनुभएकाे थियाे । कल्पना चालिसेले महिलाहरुको उद्द्मशिलता विकासमा याेजना बन्नुपर्नेमा जाेड दिनुभयाे । भुकम्प पछि देखिएको मनोसामाजिक परामर्श आवश्यक रहेकाे बताउनुभयाे । महिलाको स्तन क्यान्सरका लागि नगरले योजना बनाउनुपर्ने बताउनुभयाे । सामुदायिक मेलमिलाप संजालको संयोजक बिष्णु ढुंगानाले मेलमिलापकर्ताको कार्यबिधि बनाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जाेड दिनुभयाे ।

माआेवादि केन्द्रका नेता शेर बहादुर तामाङ जंगली जनावर नियन्त्रणमा नगरले योजना बनाउन सुझाव दिनुभयाे । पशुवस्तुमा विभिन्न रोग देखा परेकाले योजनाबद्द ढंगले अगाडी बढ्न सुझाव दिनुभयाे । धनन्जय दुलालले योगभ्यासलाई ब्यबस्थित बनाउन सुझाव दिनुभयाे । शिक्षक लेखनाथ भट्टराईले शिक्षामा छुट्याइएको बजेट कति कार्यान्वयन भयो भनेर समिक्षा गर्नुपर्ने बताउनुभयाे ।स्थानिय पाठ्यक्रमलाई व्यवस्थित बनाउन सुझाव दिनुभयाे । साथै स्काउटलाई ब्यबस्थित गर्दै लैजान आग्रह गर्नुभयाे ।

शिवप्रसाद ढुंगानाले नगर शिक्षक महासंघमा अध्यक्ष शिक्षक तालीमको लागी बजेट बिनियोजन गर्न पर्यो, एक शिक्षक एक ल्यापटप व्यावस्था गर्न सुझाव दिनुभयाे । ५ बर्षे शैक्षिक गुरुयोजना बनाई बिद्यालयको ईन्टरनेट र विद्दुत महसुल नगरले एकमुष्ठ रूपमा भुक्तानी गरेमा सहज हुने बताउनुभयाे ।

पर्शुराम खतिवडाले नगर चक्रपथलाई प्राथमिकता दिई सडकलाई ब्यबस्थित गर्न सुझाव दिनुभयाे। पर्यटकीय स्थल भोटेचौर,धौले र गुफाडाडालाई एउटै नजरले हेर्न सुझाव दिनुभयाे । मेलम्ची क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले मेलम्ची नगरपालिका भित्र रहेका २ वडा क्याम्पसलाई स्थानीय तहले कार्यबिधि बनाएर उच्च शिक्षाको हवकाे रूपमन विकास गर्नुपर्ने बताउनुभयाे । राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सचिव

रामशरण महराले एक घर एक धारा लाई निरन्तरता दिन आग्रह गर्नुभयाे । सिंचाइ,मुख्य सडक ढलान तथा कालोपत्रेकाे कामलाई तिव्रता दिन आग्रह गर्नुभयाे । साथै अनुगमनलाई प्रभावकारी बनाउन सुझाव दिनुभयाे ।

नेकपा एमाले नगर कमिटी संयोजक शालिकराम अधिकारीले बाढीपछी प्रभावितको बस्ती जोगाउने,जोखिममा रहेकाको स्थानान्तरण लगायतलाई ब्यबस्थित बनाउन सुझाव दिनुभयाे । कृषि ,उद्दोग,पर्यटनका क्षेत्रमा केके काम भयो ? यसबाट आर्थिक क्षेत्रमा कस्तो प्रभाव पर्यो, नगर चक्रपथको गुरुयोजना,प्राकृतिक संरचनाको विकास र संरक्षण कसरी गर्ने ठोस योजना आवश्यक रहेकाे बताउनुभयाे ।

नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि तथा ११ का सभापति कुमार दुलालले टुक्रे बजेट नभई दीर्घकालीन योजना बनाउन सुझाव दिनुभयाे । बजार ब्यबस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिनुभयाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा डा. सृजना र खेलाडी दिकि स्याङ्बो सम्मानित

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा डा. सृजना र खेलाडी दिकि स्याङ्बो सम्मानित