मेलम्ची बाढीको ३ बर्ष,सरोकारवाला संग छलफल

मेलम्ची बाढीको ३ बर्ष,सरोकारवाला संग छलफल
राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ असार २ गते १९:४९

जलवायुजन्य हानी तथा नोक्सानी र मेलम्ची बाढीको बिषयमा नितिगत छलफल कार्यक्रम मेलम्ची नगरपालिका सभाहलमा सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाको आयोजना र प्रकृति रिसोर्सेस सेन्टरको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा मेलम्ची बाढि र त्यसपछि देखापरेको समस्या,कानुनी जटिलता,चुनौती र योजनाका बारेमा छलफल भएको थियो ।


मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् आर्थिक मामिला तथा सुशासन समिति सभापति कमलादेबी पन्तले राज्य जहिले पनि जनताको पक्षमा हुनुपर्ने बताउनुभयो । उहाँले नितिगत अस्पष्टताका कारण पीडितहरुले निकै समस्या भोग्न परेको स्मरण गर्दै सरकारले नै नागरिकलाई आर्थिक हिसाबले कमजोर बनाएको बताउनुभयो । भुकम्पको उदाहरण दिदै उहाँले घर बनाउन भनेर ३ दिने र १५ लाखको डिजाइन गर्दिने सरकारकै कारणले नागरिकले भार बोक्न परेको बताउनुभयो । बाढी प्रभावितलाई ५ लाख दिदै गर्दा त्यहीँ अनुसारको नक्सा बनाउन समेत आग्रह गर्नुभयो ।


कार्यक्रममा खानेपानी मन्त्रालयका सचीव सुरेश आचार्यले अब मेलम्ची बाढीबाट भएका क्षति न्यूनीकरण तथा रोकथामको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाका कारण बाढी आएको नभई बाढी आउनुको धेरै कारण रहेको उहाँले स्पष्ट पार्नुभयो । सचीव आचार्यले बाह्रै महिना मेलम्चीको पानी काठमाडौ लैजान सक्ने हो भने मेलम्ची हेलम्बु लगायत प्रभावित क्षेत्रमा आर्थिक फाइदा पुग्ने बताउनुभयो । उहाँले पुनर्भरण गरेर मेलम्चीमा अरबौ रुपैयाँ भित्र्याउन सकिने बताउनुभयो । सचीव आचार्यले खानेपानी आयोजनाको काममा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।


त्यस्तै खानेपानी आयोजनाका कार्यकारी निर्देशक रत्न लामिछानेले बाढी प्रभावित क्षेत्रमा पुननिर्माण तथा पुनर्स्थापनाका लागी खानेपानी आयोजनाले केहि सहयोग गर्न सक्ने बताउनुभयो । क्षतिको सबै जिम्मा आयोजनाले जिम्मा लिन नसक्ने स्पष्ट पार्दै लामिछानेले स्थानीय सरकार,प्रदेश र संघ सरकारको कामलाई केहि सहयोग गर्नभने सक्ने बताउनुभयो । निर्देशक लामिछानेले सुप मार्फत आउने बजेट विगत २ बर्ष देखी अड्किएको भन्दै स्थानीय तहलाई सिधै दिने भनिएको रकम नितिगत अस्पष्टताले गर्दा समस्या आएको प्रष्ट पार्नुभयो ।
त्यस्तै मेलम्ची मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बाढिपछि नगरपालिकाले गरेको कामको बारेमा जानकारी गराइदै अहिले पनि संघ र प्रदेश सरकारको अपेक्षा अनुसार सहभागीता नभएको बताउनुभयो । बाढिपछि विभिन्न विज्ञहरुले गरेको अध्ययनको आधारमा संघ संस्था संग समन्वय गर्दै बाढीका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।


निबर्तमान उपप्रमुख भगवती नेपालले सोचमा खोट र दृष्टिमा दोष भएका कारण बाढी पिडितले निकै समस्या भोग्न परेको दावी गनुभयो । उहाँले नागरिक स्तरमा हुने समस्या समाधानमा राज्यले गम्भीर रुपमा नलिएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो ।
समाजसेवी तथा बाढीबाट प्रभावित हस्त पण्डितले कामगर्ने तौरतरिका नमिलेका कारणले पनि पीडितले धेरै पिडा भोग्न परेको बताउनुभयो । उहाँले अहिले जम्मा भएको गेग्रानलाई बर्खाको समयमा बगाउन सकियो भने मात्रपनि जोखिम कम हुने सुझाव दिनुभयो । योजनाबद्ध रुपमा काम नगर्दा बर्सेनि ठुलो बजेट खोलामा जानेगरेको भन्दै समन्वय र सुझावलाई आत्मसात गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै समाजसेवी बालकृष्ण देउजाले स्थानीय तहको मात्र प्रयासले बाढी प्रभावितको माग र आवश्यकतालाई सम्बोधन गर्न नसक्ने भएकाले संघ र प्रदेश सरकारले जतिमात्रामा चासो दिनुपर्ने हो त्यति नदिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
शैक्षिक ब्यक्तित्व राधाकृष्ण श्रेष्ठ, नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर धिताल लगायतले सरकारले दिने भनेको रकम पर्याप्त नभएको दावी गर्नुभयो । सरकारको ५ लाखले नागरिकको घर नबन्ने भन्दै पर्याप्त रकम उपलब्ध गराउन माग गर्नुभयो ।
कार्यक्रममा ईसिमोडका विपद विश्लेषक बिविन दुलाल र जलवायु विज्ञ विनोद प्रसाद पराजुलीले बाढीपछीको वैज्ञानिक, आर्थीक, सामाजिक लगाएतका विषयमा तयार भएको प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । साथै आगामि योजनाको लागि सुछावहरु संकलन गर्नुभएको थियो । छलफलको क्रममा फरक क्षमता भएका हरुको तर्फबाट सोम दुलालले अपाङ्गता भएकाहरुको सवाल नसमेटीएको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय अध्यक्ष कृष्ण थापाले नितिगत अल्झनहरु हटाई एकीकृत रुपमा योजना बनाउनुपर्ने बताउनुभयो । श्रोतलाई मुल प्रवाहीकरण गरेर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्थानिय स्काउटको तर्फबाट सुनिलकुमार भण्डारीले जोखमिको विषयमा समुलाय स्तरमा सुसुचीत गराँउदै भरपर्दो पुर्व सुचना प्रणालीलाई उपयोगि बनाउनुर्पो बताउनुभयो । नगरपालिकाका कर्मचारी अस्मीता अर्यालले सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताउनुभएको छ ।

सामुदायीक विकास तथा वातावरण शंरक्षण मञ्चका विपद फोकल पर्शन तथा कार्यक्रम संयोजक इच्छाराम सापकोटाले समुदाय केन्द्रीत भरपर्दो पूर्व सुचना प्रणाली जडान गर्नुपर्ने बतायनुभयो । जोखीमको नक्सांकन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । क्षतिपछी पुर्ननिर्माणमा बनेका योजना कायाृन्वयन हुनुपर्ने उहाँले बताउनुभयो । सरकारका तिनै तहका योजनाहरु स्थानिय तहबाट निर्देशित हुनुपर्ने सापकोटाले बताउनुभयो । जोखिमको बारेमा बुझ्न र ब्झाउनुका साथै मेलम्ची कोरीडोरको एकीकृत आयोजना सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो ।
प्राक्टीकल एक्सनका कार्यक्रम अधिकृत मिनेश गुरुङले समुदायको मनोविज्ञान र योजनाहरु बिच तालमेल नमिलेको बताउनुभउको छ । प्रभावित समुदाय जागरुक र संवेदनशिल रहेमा मात्र योजनाहरु प्रभावकारि हुने बताउनुभयो । यस्तै कार्यक्रममा पत्रकार दिपिन ढुंगानाले बाढी गएको लामो समय पछी के गर्ने भनेर योजना बनाउनुको अर्थ नरहेको बताउनुभयो । यो सवाल अब शिँहदरवारमा उठाउनुपर्ने बेला भएको बताउनुभएको छ । साथै सुचनालाई व्यवस्थीत रुपमा नागरीकसमक्ष लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
समापन सत्रको अवसरमा बोल्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले आगामि बर्षको निति तथा कार्यक्रममा विपदका लागि विषेश योजना बनाउनु बताउनुभयो । साथै क्रियाशिल रहेका संघसंस्थासंग समन्वय गरेर अघि बढ्ने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा डा. सृजना र खेलाडी दिकि स्याङ्बो सम्मानित

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा डा. सृजना र खेलाडी दिकि स्याङ्बो सम्मानित