आर्थिक बर्ष २०८१/८२को निति तथा कार्यक्रमका लागि इन्द्रावती गाउँपालिकाले गर्यो सुझाव संकलन

आर्थिक बर्ष २०८१/८२को निति तथा कार्यक्रमका लागि इन्द्रावती गाउँपालिकाले गर्यो सुझाव संकलन
राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ असार ५ गते १८:३९

आर्थिक बर्ष २०८१/८२को निति तथा कार्यक्रम माथि इन्द्रावती गाउँपालिकाले सुझाव संकलन गरेको छ । कार्यक्रममा पूर्व गृहराज्य मन्त्री विष्णुविक्रम थापा, निवर्तमान गाउँपालिका अध्यक्ष बंशलाल तामाङ,पालिका भित्र क्रियाशिल राजनितिक दलका प्रतिनिधि,अन्य सरोकारवालाहरु,स्थानिय लगायतले सुझाव दिनुभएको थियो । गाउँपालिकाका अध्यक्ष झंक नेपालले पालिकाले तयार पारेको निति तथा कार्यक्रम बाचन गरेर सुनाएपछि त्यसैको आधारमा छलफल तथा सुझाव संकलन गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि पुर्व गृह राज्यमन्त्री बिष्णुविक्रम थापाले पालिकाले ल्याएको निति तथा कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले पालिका परिवार ,विभिन्न राजनीतिक दल र कर्मचारी सबै मिलेर आफैंले आफ्नो पालिका बनाउने कुरामा एक ढिक्का हुन आग्रह गर्नुभयो । असल नागरिक बनाउने तर्फ पालिका अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले बिदेशी भाषा भन्दापनि हाम्रै देशको भाषा,संस्कृतीलाई संरक्षण र रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । संघ र प्रदेशको तुलनामा स्थानीय तहले राम्रो काम गरेको थापाको दावि थियो । पालिकाको निति तथा कार्यक्रम उत्कृष्ट भएकाले यसलाई पुरा गर्न र लक्ष्य हासिल गर्न सबैले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आएका सुझावलाई आत्मसात गर्दै समृद्ध इन्द्रावती बनाउने कुरामा सधैं लाग्ने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाले शिक्षा,स्वास्थ्य,कृषि,पशुपालन र पुर्वाधारलाई मुख्य प्राथमिकता दिदै अगाडी बढेको नेपालले जानकारी दिनुभयो । लक्ष्य,योजना र दृढ संकल्पका साथ अगाडि बढिरहेको भन्दै कृषि र किसानलाई पालिकाले प्राथमिकता दिएको बताउनुभयो । दुध,मासु,खाद्यान्नमा आत्मनिर्भर बनाउने गरि पालिकाले काम गरिरहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । पालिकाले बनाएका निति र कार्यबिधिलाई पुरा गर्नका लागी सबै राजनीतिक दलले प्रतिबद्धता जाहेर गरेको भन्दै सधैं समन्वय र सहकार्य गर्दै समृद्धिको पथमा लम्किने अध्यक्ष नेपालले प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष बंशलाल तामाङले लक्ष्य अनुसार काम गर्नका लागी सुझाव दिनुभयो । उहाँले निति कार्यक्रम तथ्यपरक र बस्तुपरक हुनुपर्ने भन्दै संघ र प्रदेश सरकार संग मेलखाने गरि लक्ष्य निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । अघिल्लो कार्यकालमा गरेका सबै योजनाहरु अहिलेको सम्पत्ति भएकाले अहिलेको सरकारले त्यसको अपनत्व हुने गरि काम गर्दै मर्मत संभार र संरक्षण गर्ने दायित्व पालिकाको भएकाले आफ्नो दायित्व पुरा गर्न समेत आग्रह गर्नुभयो । पालिकालाई पर्यटन संग जोडेर आर्थिक विकास गर्न सकिने भन्दै संघीय सरकारलाई नै डोहोर्याउने गरि काम गर्न आह्वान गर्नुभयो । सबै बेरुजु भ्रष्टाचार नभएको दावी गर्दै तामाङले नितिगत अस्पष्टता र कहिले कहिले काम गर्ने ढंग नपुग्नाले गर्दा पनि बेरुजु आउने गरेको उल्लेख गर्नुभयो । बिरोधी हुनेबित्तिकै अख्तियार गएर मुद्दा हाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकार पारदर्शी,जवाफदेही र जिम्मेवारी हुनुपर्ने तामाङको भनाई थियो ।


नेपाली कांग्रेसका गाउँपालिका सभापति जीवन थापामगरले पालिकाले बजेट विनियोजन गर्दा बृहत उपलब्धी मुलक,सघं र प्रदेर सरकारसँग नदोहोरिने गरी गर्न सुझाव दिनुभयो । आन्तरीक स्रोत बढाउँदै बजेट बढाउनुपर्ने,बनको उपभोगमा जोड दिनुपर्ने,खानेपानीको दिर्घकालिन ब्यबस्थापनमा जोड दिनुपर्ने,समान काम समान तलवको अवधारणालाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।


त्यस्तै नेकपा एमाले इन्द्रावतीका अध्यक्ष डबले लामाले ब्यबशायीकरण गर्दै बजारीकरणको समस्या समाधानका लागि योजना बनाउन सुझाव दिनुभयो । उहाँले धर्म संस्कृतिको रक्षा गर्न समेत अपिल गर्नुभयो । नेकपा माओवादी केन्द्रका विर बहादुर तामाङले शिक्षा र कृषिलाई प्राथमिकता दिनुपर्ने,कृषिमा अनुदान दिनुपर्ने सmुभव दिदैं शिक्षामा राजनितिक गतिविधि बढेकाले रोक्नका लागि आग्रह गर्नुभयो ।
रास्वपाका कृष्ण बाँनियाले शुसासन,पारदर्शिता,जवाफदेहिताको कुरालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै जनश्रमदान हुन छोडेको भन्दै बजेट विनाको योजना ल्याउन समेत आग्रह गर्नुभयो । नेकपा एसका इस्वरी अधिकारीले विगतको निति कार्यक्रमको समिक्षा गर्दै संस्कृतिको संरक्षण प्रर्वद्धनमा जोड दिनुपर्ने बताउनुभयो । सामाजिक कामका नागरिकलाई अपनत्व गराउने,देखिने गरी काम गर्न सुझाव दिदैं निति तथा कार्यक्रम अक्षरंस कार्यान्वयनका लागि सुझाव दिनुभयो ।
स्थानिय राजन सन्जेलले पालिकामा ११सय घरधुरी गुठिमा रहेकाले गुठीको समस्या समाधानको लागी निति तथा कार्यक्रममा समेट्न आग्रह गर्नुभयो । खाम्सोङ तामाङले गाउँपालिकाले बनाएको सेडुलमा विद्यालयमा दिवा खाजा खुवाउन नसक्ने अवस्था आएको भन्दै यस्मा ध्यान ध्यानाकर्षण गराउनुभयो ।


शिक्षक सुरेशकृष्ण श्रेष्ठले शिक्षक अभिभावक संघ,विद्यालय ब्यबस्थापन समिति र अभिभावकको क्षमता अभिबृदि गर्दै विद्यार्थी संग सफल ब्यक्ति कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । श्रेष्ठले बुँदागत रुपमा सुझाव दिनुभएको थियो । ब्यबशायीक किसान कुमार आचार्यले बाँझो जग्गाको लागी निति बनाउँदै जंगली जनावर नियन्त्रण,घरेलु उद्यमी उत्पादन, उत्पादित बस्तुको ब्राण्डिङ गर्ने कुरामा लाग्न सुझाव दिनुभयो ।
सहकारी संस्थाका प्रतिनिधि लक्ष्मी कोइरालाले स्थानीय सरकारले किसान र सहकारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । निति तथा कार्यक्रममा मनोबिमर्श र सामाजिक परामर्शलाई जोड दिनपर्ने उहाँको भनाई थियो । उहाँले प्रभावकारी काम हुनेगरी अनुगमन र महिला हरुको सामाजिक र आर्थिक क्षमता विकासको लागी पालिकाले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै रामशरण गिरीले कार्यक्रम आकर्षक बन्ने तर कार्यबिधि नबन्ने कारणले गर्दा काम समयमै सम्पन्न नहुने गरेकाले कार्यबिधि र कार्यक्रम सँगै लानुपर्ने बताउनुभयो । पालिकामा आउने बेरुजु कम गर्दै जानुपर्ने उहाँको राय थियो ।
शिक्षक सुदर्शन पराजुलीले शिक्षालाई प्राथमिकताको हिसाबले चौथो नम्बरमा परेकाले यसलाई अगाडि ल्याउन आग्रह गर्नुभयो । शिक्षकलाई मासिक भत्ताको ब्यबस्था गर्नुपर्ने,विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी मिलान नभएको ,विद्यालयमा खेलमैदान र बजेटका लागि पालिकाले सम्बोधन गर्नुपर्ने बताउनुभयो । सरस्वती अधिकारीले गाउँघरमा चोरीको घटना बढेकाले चोरी न्यूनीकरणका लागी पहल गर्न आग्रह गर्नुभयो । जुवातास नियन्त्रण गर्दै आयआर्जन मुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने,उपभोक्ता समिति र प्राबिधिक हरुबिच असमझदारी भएकाले अन्तरक्रीया गरेर समस्याको निकास खोज्नुपर्ने सुझाव दिनुभयो ।


उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष प्रकाश दाहालले पालिकालाई लिखित रुपमा सुझाव पेश गर्नुभयो । सजना श्रेष्ठले महिला तथा बालबालिकाको लागी बजेट छुटिएपनि उपलब्धि नहुने गरेको बताउँदै प्रभावकारी कार्यक्रमको माग गर्नुभयो । उहाँले गृहिणी महिलाको लागी छुट्याइएको बजेट नितिमि मात्र भएको भन्दै उपभोक्ता सम्म पुर्याउनुपर्ने बताउनुभयो । सर्मिला दनुवारले चेली प्रोत्साहन कार्यक्रम निति कार्यक्रममा मात्र हैन कार्यान्वयन ल्याउन सुझाव दिनुभयो ।
केदार माझीले माझी समुदायको कोशी पुजाको लागि बजेट छुट्याउन माग गर्नुभयो । धर्म संस्कृती संरक्षणको लागी बजेट छुट्याउन र माझी समुदायको समस्या समाधानको लागी पालिकाको ध्यानाकर्षण गराउनुभयो ।
शिवराम न्यौपानेले क्रसरको पिडा असह्य भएकाले पालिकाले ठोस निति बनाउनुपर्ने बताउनुभयो । उहाँले क्रसर समस्या समाधान गर्न पालिकाले चासो नदिएको बताउँदै खोला थुनेर काम गर्दा समेत हेरेर नबस्न आग्रह गर्नुभयो । भवनाथ आचार्यले पढ्दै कमाउदै कार्यक्रमलाई क्याम्पसमा लागु गर्न सके अझै प्रभावकारी हुने, आयआर्जन संग जोड्नका लागि ट्याक्टर र बाइक मर्मतको तालिम आवश्यक रहेको बताउनुभयो ।
शेरबहादुर तामाङले शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भनेर योजना बनाएर अगाडी बढ्नका लागि छलफल हुनुपर्ने बताउनुभयो । उहाँले नवलपुर बजारलाई ब्यबस्थित र आकर्षित बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानिय सन्जुमाया तामाङले नेवार र तामाङ भाषा जस्तै स्थानीय मातृ भाषालाई प्राथमिकता दिन सुझाव दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा डा. सृजना र खेलाडी दिकि स्याङ्बो सम्मानित

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा डा. सृजना र खेलाडी दिकि स्याङ्बो सम्मानित