राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा तृतीय स्थान प्राप्त गर्दै गोकर्णेश्वर लाइट एकेडेमी बागमती प्रदेश सरकारबाट नगद रु ७०,००० सहित सम्मानित भएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा गोकर्णेश्वर लाइट एकेडेमीलाई पुरस्कृत गरेको हो । जसमा ३ जना विद्यार्थीको ४.०० जि पि ए सहित औसत ३.७७ जिपिए प्राप्त गर्दै गोकर्णेश्वर लाइट एकेडेमी बागमती प्रदेशमा तृतिय हुन सफल भएको हो । मन्त्रालयले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा कम्तिमा ३५ जना परीक्षार्थी सहभागि गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर नतिजा निकालेको थियो । त्यस्तै, विद्यालयले प्राप्त गरेको औसत जिपिएलाई सूत्रबाट गणना गरी नतिजा निकालेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशको उत्कृष्ट ५ सामुदायिक बिद्यालय तर्फ श्री मेघा माध्यामिक बिद्यालय भतmपुर पहिलो, श्री बलम्बु माध्यामिक बिधालय काठमाण्डौ दोश्रो, श्री पृथ्वी माध्यामिक बिद्यालय नुवाकोट तेश्रो, श्री तरुण माध्यामिक बिद्यालय काठमाण्डौ चौँथो र श्री श्रम राष्ट्रिय माध्यामिक बिद्यालय काठमाण्डौ पाँचौ हुन सफल भएका छन् । यस्तै बागमती प्रदेशको उत्कृष्ट ५ संस्थागत विद्यालय तर्फ हिज किड्स इन्टरनेशनल स्कुल काठमाण्डौ पहिलो, रिलायन्स इन्टरनेशनल स्कुल काठमाण्डौ दोश्रो, गोकर्णेश्वर लाईट एकेडेमी काठमाण्डौ तेश्रो, शाङरी स्कुल काठमाण्डौ चौँथो र माउन्ट ग्लोरी इङ्गलिस बोर्डिङ हाइस्कुल काठमाण्डौ पाँचौ भएका छन् ।
प्रधानाध्यापक सौर्य आचार्यको व्यवस्थापनमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ माकलबारीमा संचालित रहेको गोकर्णेश्वर लाइट एकेडेमीले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ ।
गत वर्षको एसइइ नतिजामा उत्कृष्ट ल्याए पनि कम विद्यार्थी सङ्ख्या भएको कारण यो सम्मान पाउँनबाट बन्चित भएको विद्यालयका प्रधानाध्यापक सौर्य आचार्यले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको ईन्द्रावति गाँउपालिका वडा नम्बर ५ मा जन्मिएर काठमाडौमा शैक्षिक अभियन्ताका रुपमा अगाडि बढेका आचार्यको कुशल ब्यवस्थापनका कारण गोकर्णेश्वर लाईट एकेडेमीमा पढाइका साथै अन्य अतिरिक्त क्रियाकलाप र प्रविधिमैत्री शिक्षण सिकाइमा समेत निकै अब्बल रहेको र हाल विद्यालयमा १०००(एक हजार) भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको एक अभिभावकले जानकारी दिनुभयो ।
उत्कृट सबै बिद्यालयहरुलाई हेटौडामा आयोजित एक कार्यक्रममा बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नगद सहित सम्मान गर्नुभएको थियो ।