सिन्धुपाल्चोक । गत असार ३० गते सिन्धुपाल्चोकको इन्द्रावती बाढी तथा प्राकृतिक प्रकोपबाट बिस्थापित पाँचपोखरी थाङपाल गाउँपालिकाका विपन्न परीवारलाई राहत वितरण गरीएको छ । बुधबार पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनी बजारमा ताइवानी नागरीकहरु CHOU,YEH-HSIU, CHOU,JUNG-YU, CHOU,CHEN-YANG, CHOU,YUEH-CHEN, LIU-YU-CHE, CHEN,CHIH-CHI, CHENG,TZU-YU, LIU,YU-HAN, CHOU,YEH-HSIU, CHOU,JUNG-YU, CHOU,CHEN-YANG, CHOU,YUEH-CHEN, LIU-YU-CHE, CHEN,CHIH-CHI, CHENG,TZU-YU, LIU,YU-HAN को आर्थिक सहयोगमा खाद्यान्न सहयोग गरीएको हो । चाडपर्वको नजिक चामल, दाल, तेल, नुन, चिनी लगायतको अत्याबश्यक खाद्य सामाग्रि राहत सहयोग पाएपछि स्थानीय रामबहादुर दनुवारले खुशि व्यक्त गर्नुभयो ।
प्राकृतिक प्रकोपबाट विस्थापित तथा विपन्न परीवारलाई राहत सहयोग गर्न नेपालबाट राजेश श्रेष्ठ, सुवोध प्रधान, केशव दिवाकर, निर्मल श्रेष्ठ, अनिश थापा, राजेश हिमालय लगायतका व्यक्तिहरुले ताइवानी साथीहरुसंग समन्वय गर्नुभएको थियो । नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा हरेक बर्ष प्राकृतिक प्रकोपबाट हजारौँ मानिसहरु प्रभावित हुने हुदाँ पीडामा परेका नागरीकलाई सकेको सहयोग गर्न सधैव तत्पर रहने राहत वितरण कार्यक्रमका समन्वयकर्ता सुवोध प्रधानले बताउनुभयो ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको १, ६, ७ र ८ का विस्थापित तथा विपन्न ३६ घरपरीवारलाई खाद्यान्न राहत वितरण गरीएको हो । सोही अवसरमा स्थानीय यूवा शनी श्रेष्ठ लगायतको पहलमा लत्ता कपडा पनि सहयोग गरीएको थियो ।