सिन्धुपाल्चोक । सांस्कृतिक जागरण नेपालले 'बडा दसैँ शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम' सम्पन्न गरेको छ ।
दसैँको महानवमीको अवसर पारेर इन्द्रावती गाउँपालिका वडा नम्बर-५ बाघखोरमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि इन्द्रावती गाउँपालिका वडा नम्बर-५ का अध्यक्ष एवम् प्रवक्ता शशिनाथ आचार्यले पर्वहरुले एकआपसमा बाध्ने काम गर्ने गरेको बताउनुभयो ।
संस्थाले गरेका कामले नागरिकहरुलाई एकसुत्रमा बाँधेको उहाँको भनाइ थियो ।
त्यस्तै कार्यक्रममा बोल्नुहुँदै समाजसेवी एवम् साहित्यकार जगन्नाथ आचार्यले कवितासहित शुभकामना सन्देश छोड्नुभयो । बडा दसैंले नागरिकहरुमा उत्साह छर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै सभापति एवम् सांस्कृतिक जागरण नेपालका अध्यक्ष विशाल आचार्यले पर्वको मर्म बुझ्नुपर्ने बताउनुभयो ।
उहाँले सोह्रश्राद्ददेखिनै बडा दसैंको शुभकामना कार्यक्रम आयोजना गरेकोमा दुख व्यक्त गर्नुभयो ।
बडा दसैँको महत्व बुझ्नुपर्ने बताउनुहुँदै आचार्यले पर्वको मर्मअनुसार शुभकामना दिन सुझाव दिनुभयो ।
कार्यक्रममा निशानका केन्द्रीय अध्यक्ष सौर्यनाथ आचार्य,लोक गायक सुर्यमणी आचार्य,कलाकार नवराज गजुरेललगायतको उपस्थिति रहेको थियो ।