गोकर्णेश्वर लाइट एकेडेमी द्वारा मंसिर २१ र २२ गते भव्यताका साथ सम्पन्न गरेको GLA Quiz Mania Season-3 मा ४७ विद्यालयलाई पछी पर्दै फूल ब्राइट एकेडेमी भक्तपुरले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । उक्त कार्यक्रममा व्हिच किड्स स्कुल (बालुवाटार) द्वितीय, अल्पाइन एकेडेमी (डाँछी) तृतीय हुन सफल भए भने मनकामना मावि, सेलिब्रेसन को एड र अनमोल ज्योति माविले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्ने टिमलाई शिल्ड,मेडल , प्रमाण पत्र र नगद रु १०,००० ,७,००० र ५,००० सहित सम्मान गरिएको थियो भने सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई शिल्ड, मेडल र प्रमाण द्वारा सम्मान गरिएको थियो ।
दुई दिन सम्म संचालन भएको कार्यक्रममा कार्यक्रम उद्घाटन गोकर्णेश्वर नगरपालिकाकि उपमेयर सान्नानी लामाले गर्नु भएको थियो । पहिलो दिन पहिलो चरणको कार्यक्रम भएको थियो जस अन्तर्गत प्रत्येक समुहबाट उत्कृष्ट हुदै बाल गितान्जली , स्वेत बाराही स्कुल , चार्ल्स डार्विन एकेडेमी , टाइमलाइन एकेडेमी , सेलिब्रेसन को एड , व्हिज़ किड्स स्कुल,शिक्षालय स्कुल,अल्पाइन एकेडेमी, अनमोल ज्योति स्कुल,सुनौलो भविष्य स्कुल, रिलायन्स इन्टरनेसनल स्कुल ,फूल ब्राइट स्कुल, समता शिक्षा निकेतन , भेनस पब्लिक स्कुल , इद्रावती स्कुल, मनकामना मावि, नव सुन्ताखान एकेडेमी र लर्ड लाइट एकेडेमी दोश्रो चरणमा प्रवेस गरेका थिए ।दोश्रो चरणमा प्रवेस गरेका १८ टिमलाई ३ समुहमा विभाजन गरिएको र प्रत्येक समुहबाट उत्कृष्ट २ टिम गरि जम्मा ६ टिमलाई फाइनल चरणमा प्रवेस गराइएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले गोकर्णेश्वर लाइट एकेडेमीले पढाइको साथसाथै अन्य कार्यक्रममा उत्क्रिष्टता हाँसिल गर्दै नगरपालिकाकै उत्कृष्ट विद्यालय बन्न सफल भएकोमा खुसि व्यक्त गर्नु भयो । त्यसै गरि कार्यक्रमका विशेष अतिथि काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम कुमार राईले विद्यालयले प्राप्त गरेको सफलताको मुक्तकण्ठले प्रसंशा गर्दै आगामी दिनमा निरन्तर सफलताको सुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा कार्यक्रम संयोजक तथा प्रश्नकर्ताको भूमिका विद्यालयका संयोजक मधुसुदन ढुंगाना र आनन्द क्षेत्रीले गर्नु भएको थियो भने कार्यक्रमको सह संयोजन तथा टेक्निकल कार्यको भूमिका संजय खनालले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सौर्यनाथ आचार्यले सहभागी सम्पूर्ण विद्यालय र कार्यक्रममा सहयोगी संस्थालाई धन्यवाद दिनुहुदै आगामी वर्ष अझ उत्कृष्ट कार्यक्रम गर्दै यस कार्यक्रमलाई निरन्तरता दिने वचन ब्यक्त गर्नुभयो ।