मेलम्ची । नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल भुतपुर्व सैनिक संघ सिन्धुपाल्चाेक क्षेत्र नं २ काे क्षेत्रिय अध्यक्षमा बाेध बिक्रम पण्डित निर्वाचित हुनुभएकाे छ । सिन्धुपाल्चाेककाे मेलम्चीमा भएकाे नेपाल भुतपुर्व सैनिक संघ क्षेत्र नं २ काे प्रथम क्षेत्रिय अधिवेशन बाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।
शनिवार भएकाे अधिवेशन बाट सचिवमा कृष्ण प्रसाद दुलाल, काेषाध्यक्षमा राम कुमार श्रेष्ठ निर्वाचित हुनुभएकाे छ । त्यस्तै सदस्यहरूमा, सुदर्शन दनुवार, ईर लामा तामाङ, भक्त बहादुर श्रेष्ठ, शैलेन्द्र गीरि, सानुकान्छा तामाङ, ईन्द्र बहादुर तामाङ, शाेम बहादुर तामाङ, चन्द बहादुर थापा, राजकुमार थापा, निल बहादुर खड्का र सन्च तामाङ निर्वाचित हुनुभयाे ।
कार्यसमितिकाे उपाध्यक्षमा श्याम बहादुर तामाङ र राम बहादुर ठकुरी पनि आजै निर्वाचित हुनुभएकाे छ । उहाँहरूकाे आजै पदस्थापना गरिएकाे अध्यक्ष बाेध बिक्रम पण्डितले जानकारी दिनुभयाे । सहसचिव १ जना र ७ सदस्य पछि मनाेनयन गरिने उहाँले बताउनुभयाे ।
नेपाली सेनाकाे जागीर समापन पश्चात् समाजसेवा गर्छु भन्नेहरू यश संघमा रहेका छन । निर्वाचन पश्चात् अध्यक्ष पण्डितले चुनाैती धेरै रहेकाे बताउनुभएकाे छ । सबैलाई साथ सहयाेग दिन आग्रह गर्दै उहाँले निर्वाचित गर्न सहयाेग गर्ने सबैलाई धन्यवाद दिनुभयाे । क्षेत्रले राखेकाे हरेक कार्यक्रममा उपस्थित भएर सक्रियता बढाउन कार्यसमितिका सबै सदस्यलाई उहाँले आग्रह गर्नुभयाे । 'हाम्राे विना गुटकाे संस्था हाे । बिचारकाे पछि लाग्नुस, संस्थाकाे पछि लाग्नुस', उहाँले भन्नुभयाे ।
अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस पुर्व केन्द्रीय सदस्य एवम् पुर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापाले प्रजातन्त्रकाे लागि खम्बा बनेर उभिने सैनिक संघ भएकाे बताउनुभयाे ।
विशेष अतिथि प्रदेश सांसद कृष्ण कुमार तामाङले कांग्रेसमा गुट उपगुट नरहेकाे बताउनुभएकाे छ । 'याे संगठनमा गुट छ जस्ताे मलाई लाग्दैन, हामी एक ढिक्का छाैँ', उहाँले भन्नुभयाे ।
कार्यक्रमका विशेष अतिथि क्षेत्रिय सभापती आइतमान तामाङले कांग्रेसमा क्रियासिल नहुने ब्यक्तिहरूकाे क्रियासिल सदस्य नविकरण नगर्ने र पार्टीलाई याेगदान पुराएका व्यक्तिलाई मात्र सदस्यता दिने बताउनुभयाे । क्षेत्र नं २ काे ४९ वडा बाट भुपु सैनिकलाई प्रत्येक वडाकाे ५,५ जनालाई सेनाकाे तालिम दिने बताउँदै उहाँले त्यसकाे लागि क्षेत्रले सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
त्यस्तै अधिवेशनमा सैनिक संघका आमन्त्रित केन्द्रीय सदस्य भुपेन्द्र थापाले भुतपुर्व सैनिकहरूलाई पार्टीकाे विभिन्न पदमा समावेश गर्दै लैजानुपर्ने धारणा राख्नुभयाे । उहाँले वडा देखि पालिका सम्म नेतृत्व गरेर भुतपुर्व सैनिकहरूले देशकाे लागी याेगदान दिएकाे बताउनुभयाे ।
अधिवेशनमा नेपाली कांग्रेसका महासमिति सदस्य शिव सुनार, राजेन्द्र बहादुर गाेर्खाली, महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङ, उद्दव बानियाँ लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।