भिमटार । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं १२ काे श्री पञ्चकन्या आधारभुत विद्यालयका ८६ जना विद्यार्थी र ९ जना शिक्षकलाई शैक्षिक अभियन्ता मोहन बहादुर गिरीले न्यानो कपडा बितरण गर्नुका साथै विद्यालयलाई वाटर डिस्पेन्सर वितरण गरेका छन । आज एक कार्यक्रमका बीच गिरीले शिक्षक विद्यार्थीलाई गरि ९५ जनालाई न्यानो कपडा बितरण गर्नुका साथै वाटर डिस्पेन्सर प्रदान गरेका हुन ।
२०८३ साल भित्र ईन्द्रावती गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री र न्यानाे कपडा बितरण गर्ने गिरिले लक्ष्य लिएका छन । शैक्षिक सामाग्री प्रदान गरिएकाे आँपटारकाे पञ्चकन्या आधारभुत विद्यालय २४ औँ विद्यालय हाे । अभियन्ता गिरिकाे एकल सहयाेगमा यस अघि ईन्द्रावतीका २३ वटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिसकिएकाे छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ईन्द्रावती २ का वडा अध्यक्ष श्याम बहादुर गिरिले शैक्षिक अभियान बिशुद्व समाजसेवा रहेकाे बताए । समाजसेवी माेहन गिरिले गरेकाे समाजसेवाकाे प्रशंसा गर्दै वडा अध्यक्ष गिरिले १०० रूपैयाँ आर्जन गरेर ७५ रूपैयाँ समाजसेवामा खर्च गरेकाे भन्दै समाजसेवी माेहन गिरिकाे प्रशंसा गरे । अब तत्कालै ५ नं मा न्यानाे कपडा वितरण गर्ने उनले जानकारी दिए ।
ईन्द्रावती १२ का पुर्व वडा अध्यक्ष कमल रत्न दनुवारले माेहन गिरिले शैक्षिक अभियान बाेकेर हिँडेकाे भन्दै प्रशंसा गरे । जाडाेमा कसरी विद्यार्थी न्यानाे भएर विद्यालय पुग्छन भनेर अभियान थालेकाेमा उनले धन्यवाद व्यक्त गरे । भिमटारमा शीमान्तकृत जातकाे बसाेवास रहेकाे र याे समुदाय अत्यन्त पछाडी पारिएकाे जात भएकाे उनले अवगत गराए । याे समुदायकाे आर्थिक अवस्था दयनिय रहेकाे उनले भनाई छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक राजन रत्न दनुवारले सीमान्तकृत दनुवार समुदाय मात्र यश विद्यालयमा अध्ययन गर्दै आएकाे जानकारी दिए । जाडाेमा एउटा पाईन्ट र च्यातिएकाे सटकाे भरमा बिद्यालयमा विद्यार्थी आउने गरेकाे भन्दै ट्र्याकसुट बितरणले विद्यार्थीलाई राहत पुगेकाे उनले सुनाए । यस अघि विद्यालयले बार्षिक उत्सव नमनाएतापनि यस बर्ष विद्यार्थीकाे प्रतिभालाई प्रस्फुटन गराएर मनाईएकाे उनले जानकारी दिए । आगामी आर्थीक बर्षबाट बार्षिक उत्सव पनि मनाउने बिचार गरेकाे उनकाे भनाई छ । हाल सम्म ईन्द्रावतीका ४५०० भन्दा माथि विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री बितरण गरिसकिएको छ । साथै ५३ जना बिद्यार्थीलाई प्राबिधिक शिक्षा अध्ययन गर्नको लागी ५० हजारको दरले छात्रबृत्ति समेत अभियन्ता माेहन गिरिले उपलब्ध गराएका छन । ईन्द्रावती ११ का एक बिद्यार्थीलाई समेत ईन्जिनियर अध्ययनको लागी गिरिले सहयोग गर्दै आएका छन ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतकाे उपस्थिति रहेकाे थियाे ।