भिमटार । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका १२ भिमटारमा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरू भएकाे छ । आज एक कार्यक्रमका बिच ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरि महाेत्सवकाे शुरूवात गरिएकाे हाे ।
इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले प्रथम कृषि पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सवकाे आयोजना गरेकाे हाे । साँस्कृतिक महोत्सव यहि पौष २५ गतेदेखि माघ १० गतेसम्म हुनेछ । १५ दिनसम्म आयोजना हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले लिएको छ ।
महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिएर कृषिलाई प्रवर्द्धन गर्ने उदेश्यले महोत्सव संचालन गर्न लागेको महोत्सवका व्यबस्थापक तारा बहादुर खड्काले बताउनुभयाे ।
महोत्सवको उद्घाटन सत्रलाई सम्बाेधन गर्दै प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले महाेत्सवकाे लक्ष्य र उद्देश्य अनुरूप कार्यक्रम गर्न सबै नागरिकले सहयाेग गर्नुपर्ने धारणा राख्नुभयाे । नेपालकाे भुगाेल जस्तै ईन्द्रावती गाउँपालिका भएकाले नेपालकाे सबैखाले हावापाने ईन्द्रावतीमा रहेकाे नेपालले जानकारी दिनुभयाे । 'नैलिङमा हिउँ पर्छ, बिचमा मध्यपहाड र बिसदेउटारसम्म हिँड्दा भित्रि मधेसमा आएकाे अनुभव हुन्छ', अध्यक्ष नेपालले भन्नुभयाे ।
हिमाली, पहाडी र तराई सबै ठाउँमा पाईने उत्पादन यहाँ पाईने भन्दै उत्पादनकाे हिसावले ईन्द्रावती महत्वपुर्ण रहेकाे उहाँले बताउनुभयाे । पर्यटनकाे हिसावले नाैलिङ महादेवमा मेला लाग्ने गरेकाे बताउँदै अध्यक्ष नेपालले बुढीचाैरदेखि गडगडेधाम सम्मका ठाउँले ईन्द्रावतीकाे पहिचान दिएकाे बताउनुभयाे । ईन्द्रावती गाउँपालिकाकाे संस्कृति र उत्पादनलाई प्रचारप्रसार र प्रवर्द्वन गर्न जरूरी रहेकाे उहाँकाे भनाई थियाे ।
कार्यक्रममा ईन्द्रावती ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले यश कार्यक्रमले स्थानिय उत्पादनलाई प्रवर्द्वन गर्नुपर्ने धारणा राख्नुभयाे । वडा अध्यक्ष तामाङले भावि दिनमा यस्ता कार्यक्रममा ईन्द्रावती ४ काे सधै साथ र सहयाेग रहने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडाअध्यक्ष सुरेन्द्र बहादुर दनुवारले पहिलोपटक आफ्नो वडामा महोत्सव शुरू भएकाेमा आफू उत्साहित भएको बताउनुभयाे । महोत्सव सफल पार्न आफुले सक्दो सहयोग र समन्वय गर्ने पनि वडाअध्यक्ष दनुवारले जानकारी दिनुभयाे । आफ्नै वडामा उत्पादन भएको मासलाई प्रदर्शन गर्ने उहाँको भनाई थियो ।
महोत्सवमा इन्द्रावती गाउँपालिका भित्र का १२ वटा वडाले आफ्नो पहिचान झल्किने संस्कार संस्कृतीलाई प्रदर्शन गर्नेछन । महोत्सवमा राष्ट्रिय कलाकारहरु ज्योति मगर, सुगम पोखरेल, एलिना चौहान, दुर्गेश थापा, प्रेम लोप्चन लगायत कलाकारले साङ्गितिक प्रस्तुति दिने छन ।
महाेत्सवकाे उद्घाटन सत्रमा ईन्द्रावती ७ का अध्यक्ष रविन्द्र कुमार खाती, १० का अध्यक्ष रामचन्द्र घिमिरे, ११ का अध्यक्ष रामजी माझी, ८ का अध्यक्ष डिल बहादुर श्रेष्ठ, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी, लगायतकाे सहभागीता थियाे ।