श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय मेलम्ची ५ सिन्धुकाेटकाे ७६ औँ बार्षिकाेत्सव एवम् ७० औँ अभिभावक सम्मेलन तथा राष्ट्रिय एकता दिवस सम्पन्न भएकाे छ ।
बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङकाे प्रमुख आतिथ्यतामा र विव्यस अध्यक्ष राजेन्द्र रायमाझीकाे सभापतीत्वमा कार्यक्रम गरिएकाे हाे ।
बार्षिकाेत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद खतिवडाले बार्षिक प्रगती प्रतीवेदन प्रस्तुत गर्नुभयाे । नगरमा सर्वाेत्कृष्ट नतिजा ल्याउन विद्यालय सफल भएकाे खतिवडाले जानकारी दिनुभयाे । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएकाे थियाे । उत्कृष्ट अभिभावक निर्मल रायमाझीलाई विद्यालयले सम्मान गरेकाे छ । उहाँकाे छाेरी रमिला रायमाझीले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याई नगर प्रथम हुनुभएकाे प्रतिवेदनमा उल्लेख छ ।
अन्तर बिद्यालय स्तरिय हाजिरिजवाफ प्रतियाेगितामा सिन्धुपुरानागाउँ प्रथम भएकाे थियाे। विभिन्न छात्राबृत्ति काेष बाट विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएकाे थियाे । हाल विद्यालयकाे अक्षयकाेषमा ९ लाख रहेकाे छ । साेहि काेषबाट छात्राबृत्ति प्रदान गरिएकाे विद्यालयले जनाएकाे छ ।
गत बर्षबाट सुरू गरिएकाे चन्दा अभियान बाट १३ लाख संकलन गर्न विद्यालय सफल भएकाे छ । प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक खतिवडाले विद्यालयमा छात्रवासकाे अावस्यकता रहेकाे उल्लेख गर्नुभयाे । 'कि त छात्राबासकाे लागि जग्गा खरिद गर्नुपर्ने अवस्था छ, कि त बिद्यालयमा बसकाे व्यवस्था गर्नुपर्नेछ', खतिवडाले भन्नुभयाे । उहाँले प्रमुख अतिथि प्रदेश सांसद कृष्ण कुमार तामाङलाई प्रदेश बाट बसकाे व्यवस्था गरिदिन आग्रह गर्नुभयाे ।
विद्यालयमा सिसिटिभिकाे तार जडान गरिदिएतापनि क्यामेरा जडान गर्ने रकम नभएकाे भन्दै नगरप्रमुख आइतमान तामाङ समक्ष प्रअ खतिवडाले माग राख्नुभयाे । नगरपालिका बाट निरन्तर सहयाेग रहेकाे अवगत गराउँदै उहाँले विद्यालयमा खेलकुद मैदान अपरिहार्य रहेकाे बताउनुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले बागमतीले एक बिद्यालय एक छात्राबासकाे नीति लिएकाे भन्दै विद्यालयलाई लागि छात्रावासकाे लागि पहल गर्ने बताउनुभयाे । नगर र प्रदेशकाे समन्वयमा विद्यालयमा खेलकुद मैदान बनाउन सहयाेग गर्ने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
कार्यक्रमका विशेष अतिथि तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिका शिक्षाकाे गुरु याेजना बनाउने चरणमा रहेकाे बताउनुभयाे । गुणस्तरिय शिक्षा दिने हिसावले नगरपालिका लागीपरेकाे बताउँदै मेलम्ची नगरपालिका भित्रका बिद्यालयमा अध्ययन गरेका विद्यार्थी माथील्लाे तहमा पुगाेस भन्ने चाहना रहेकाे बताउनुभयाे । छात्राबासकाे लागि हामी नगरपालिकाले सहयाेग गर्ने बताउँदै तामाङले सिसिटिभि क्यामेराकाे लागि समेत सहयाेग गर्ने उद्घाेष गर्नुभयाे । सिन्धुपुरानागाउँ मावि सिन्धु बेल्टकै उत्कृष्ट रहेकाे उहाँकाे भनाई छ ।
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई सिन्धुपाल्चाेकका प्रमुख बैकुञ्ठ सुवेदि, नेपाल प्रहरीका डिअाइजी तथा पुर्व विद्यार्थी ध्रूवराज राउत, मेलम्ची नगरपालिकाका पुर्व उपप्रमख भगवती नेपाल लगायतले शुभकामना मन्तव्य राख्दै प्रतिवेदन हेर्दा विद्यालयकाे प्रगती देखिएकाे बताउनुभयाे ।
बार्षिकाेत्सव कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएकाे विद्यालयका सहायक प्रधानाध्यापक हरि प्रसाद सिग्देलले जानकारी दिनुभयाे ।