आठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई शनिवार २-१ सेटमा हराउँदै पुलिसको जोडीले उपाधि जितेको हो ।
सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा संचालित खेलमा चन्द्र र सफलको जोडी १८-२१,२१-१४, १५-८ ले विजयी भएको हो ।
समूह चरणबाट हरेक खेलमा पहिलो सेट गुमाएको पुलिसको जोडी अन्तत च्याम्पियन बनेको छ।
कमला र मनिषाको जोडी च्याम्पियन
पुलिसका कमला पुन र मनिषाको जोडीले सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २-० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो ।
कमला र मनिषाको जोडी २१-१९, २१-१० ले विजयी भएको हो। उनीहरुको जोडीले साउनमा भुटानमा भएको काभा बिच भलिबलमा स्वर्ण पदक जितेको थियो।
एपिएफ र आर्मीको जोडी तेस्रो
नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका जोडी राष्ट्रिय बिच भलिबल प्रतियोगितामा तेस्रो भएको छ।
महिला एपिएफको निरुता ठगुन्ना र नेविका चौधरी जोडी तथा पुरुषतर्फ टिकराज तामाङ र सूर्य परियारको जोडी तेस्रो भएको हो ।
आफ्नै क्लबका रस्मिता दुरा र जस्ना महतोको जोडीलाई २१-१२,२१-१५ ले हराउँदै निरुता र नेविकाको जोडी तेस्रो भएको थियो।
एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीलाई २१-१९,२४-२२ ले पराजित गर्दै टिकराज र सूर्यको जोडी विजयी भएको थियो ।
नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अनुसार जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आयोजना माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा महिलामा १७ र पुरुषमा १५ टोलीको सहभागिता थियो।