पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको सातकन्यामती माध्यामिक विद्यालयमा पाँचपोखरी सिकाइ मेला २०८१ सञ्चालन गरिएको छ । पालिकाका सबै विद्यालयहरू र विभिन्न गैरसरकारी संस्थाको आयोजनामा सोमबार गरिएको मेलामा २४ वटै विद्यालयले स्टल राखेका थिए ।
विज्ञान प्रविधि र कलाको प्रबद्र्धन संगै युग सुहाउँदो शिक्षालाई आत्मसाथ गर्दै गरिएको सिकाइ मेलामा विद्यार्थीहरूले विज्ञान, गणित अंग्रजी र सामाजिक विषयसँग सम्बन्धित प्रयोगात्मक कलाहरू प्रदर्शन गरेका हुन् ।
गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, जनप्रतिनिधि, शिक्षक,शिक्षा प्रेमीहरूको उपस्थितिमा सिकाई मेला सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले सिकाई मेलाले बालबालिकाहरुको शृजनशिलतालाई टेवा पुराएको बताउदै यो कदम शिक्षा क्षेत्रमा एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताए । विद्यार्थीले सिकेका, जानेका बिज्ञान ,प्रबिधि, कृषि विषयलाई प्रयोगात्मक रुपमा सिक्नका लागि यस मेलाले सहयोग पुगेको अभिभावक बताउछन् ।
स्थानीय पाठ्यक्रम अनुसार विद्यार्थीहरुले पठनपाठन गर्नु, स्थानिय कला संस्कृती, भाषा अनुसार प्रयोगात्मक अध्ययन गर्ने अवसर यस्ता कार्यक्रमले दिएको शिक्षक दुर्गा मणि पौडेलले बताए । सिकाई मेलामा पालिका भित्रका बिद्यालयका विद्यार्थीहरुले प्रयोगात्मक कलाहरू प्रदर्शन गरेका थिए । यस्तै सिकाई मेलामा हलो, जाँतो, डम्फु देखि पानी घट्ट, स्थानीय परिकार, लोप हुन लागेका स्थानीय सामाग्रीहरु प्रदर्शन गरेका थिए ।




