नेपाल हृदयरोग निवारण प्रतिस्ठान केन्द्र को सहयोग,काभ्रे जिल्ला शाखा को विशेष सहयोग र नेपाल हृदय रोग निवारण प्रतिस्ठान सिपाघाट इकाइ को आयोजना,धुलिखेल अस्पताल को प्राविधिक सहयोग मा ५ बर्ष देखि १६ बर्ष सम्म का बालबालिका हरु को लागि मुटुरोग तथा बाथ मुटुरोग परामर्श शिविर विज्डम कम्युनिटी स्कुल सिपाघाट मा सम्पन्न भएको छ।
उक्त शिविर मा विज्डम कम्युनिटी स्कुल सिपाघाट ,भिमसेन प्रा वि मण्डन देउपुर -६ काभ्रे, फटकाशिला मा बि मेलम्ची न पा -१३ ,इन्द्रावती आधारभुत बिध्यालय ,ढोटार आधारभुत बिध्यालय ,पन्चकन्या आधारभुत बिध्यालय इन्द्रावती गाउँ पालिका -१२सिन्धुपाल्चोक र न्यु लिटिल स्टार इङ्लिश बोर्डिङ स्कुल मण्डन देउपुर -७ काभ्रे गरि जम्मा १००५ जना बालबालिका को मुटु जाच गरिएको छ। बाल मुटुरोग विशेषज्ञ डा.अनिश जोशी नेतृत्व को चिकित्सक टोलि द्वारा जाच गरिएको थियो।
शिविर मा यौन तथा प्रजनन स्वास्थ को बिषय मा पनि लोकप्रिय स्वास्थ्य समाज को तर्फ बाट विशेषज्ञ तुलसी देवि मानन्धर द्वारा महिला बिध्यार्थी लाई परामर्श सम्पन्न गरियो। मुट जाँच तर्फ ७३ जना को इको , २० जना को इ सि जि गरियो। जाँच गर्दा मुटु मा समस्या देखिएका ७ जना र यौन तथा प्रजनन तर्फ ७ जना लाई फलोअप को लागि अस्पताल मा जान सिफारिस गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान सिपाघाट इकाइ का सयोजक रमेश ढकाल ले जानकारी दिनु भयो । साथै सिपाघाट इकाइ का सचिव उत्तम लामा ,सदस्य प्रेमकाजी पोटे र सदस्य तथा स्वास्थ्यकर्मी श्याम कृष्ण खडका यस्तो शिविर ले बालबालिका हरु मा भएको मुटु को कुनै पनि समस्या पहिचान गरि समाधान गर्न सहयोग पुग्ने बताउनु भयो । साथै जिल्ला अध्यक्ष टीका भक्त भोछिभया ,उपसभापति सिद्दिबहादुर कर्माचार्य र हर्ट फाउन्डेसन का पुर्व अध्यक्ष तथा रोटारी क्लब का प्रतिनिधि अशोक श्रेष्ठ ,डा .अनिस जोशी ले समय समय मा यस्ता शिविर गर्नुपर्ने र त्यसको लागि आफू हरु तयार रहेको बताउनुभयो।
उक्त शिविर सम्पन्न गर्न ठाउँ तथा व्यवस्थापन मा सहयोग गर्नुहुने विज्डम कम्युनिटी स्कुल परिवार साथै शिविर सम्पन्न गर्न विशेष सहयोग गर्नुहुने सुदिपा ट्रेडिङ कम्पनी प्रा लि,मेलम्ची ए कोन क्रसर उध्योग ,जलदेवी स्टोन प्रा लि ,नेपाल निर्माण क्रसर उध्योग ,थ्री जि क्रसर उध्योग ,मेलम्ची इन्द्रावती ह्युम पाइप उध्योग र मेलम्ची एण्ड इद्रावती स्टोन प्रा लि साथै उक्त शिविर सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगी मन हरु लगाएत नेपाल हृदयरोग प्रतिष्ठान काभ्रे शाखा का उपस्थित प्रतिनिधि ,धुलिखेल अस्पताल तथा डा .अनिश जोशी नेतृत्व को चिकित्सक टोलि,रोटरी क्लब अफ धुलिखेल ,किवानिस क्लब अफ काभ्रे नेपाल,लाई सिपाघाट इकाइ को तर्फ बाट सयोजक रमेश ढकाल, ले सिपाघाट इकाइको तर्फ बाट धन्यवाद व्यक्त गर्नुभयो।
