काठमाडौँमा गत आइतबार देखि वायु प्रदूषण बढेको छ । काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा देखा परेको छ। आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।
अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात् औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ । काठमाडौँको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको छ । प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ ।
वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ । दिल्लीको एक्यूआई दुई सय ४९ र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको दुई सय सात रहेको छ । जहाँ एक्यूआई २९० छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ ।
बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाडौँको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो । एक्यूआई दुई सय भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।
लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
वायु गुणस्तर मापन सूचक दुई सय भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने डाक्टरहरू बताउँछन् । एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । वायु प्रदूषणले वृद्ध वृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घ रोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।
'किन हुन्छ वायु प्रदूषण':-
वायु प्रदूषण भनेको हाम्रो वरपर रहेको वायुमा कुनै प्रकारको प्रदूषित पदार्थ जस्तै (धुवा, गन्ध, रासायनीक पोर्ण, विषादी, आदि) को मिश्रणलाई नै वायु प्रदूषण भनिन्छ ।
वायु प्रदूषणको कारण मानव स्वस्थमा विभीन्न प्रकारको समस्या निम्त्याउछ । जस्तै रुथा, खोकी, दम, टाउको दुख्ने, पेट दुख्ने, दुख्ने, ज्वरो आउने। स्वस प्रस्वस मा समस्था देखा पर्ने, घाउ आउने, क्यान्सर हुने, आखालाई असर गर्ने जस्तो' विभीन्न प्रकारको रोग र समस्याहरू निम्त्याउछ ।
वायु प्रदूषणले मानव स्वस्थमा मात्र नभएर अन्य अरू बै थुप्रै जनावर तथा जिवजन्तुलाई पनी मानसीक तथा सारीरीक असर पार्नुका साथैो मानीस र जिवजन्तुको जपने पनी ?" जिवास्म इन्धन संचालित पावर प्लान्ट र बायोमास पावर प्लान्ट वायु प्रदूषणका मुख्य कारक हुन् । तेल तथा ग्यास साइट जहाँ मिथेन चुहावट भै प्रदूषण हुन्छ ।
परम्परागत बायोमासले पनि वायु प्रदूषण हुनेगरेको छ । जस्तै काठ, कृषि अवशेष र गुइँठा बाल्नु परम्परागत बायोमास बाल्नु वायु प्रदुषकको मुख्य स्रोत हो। यसमा पोली साइक्लिक हाइड्रोकार्बनहरू समेत पर्दछन् ।
म्यानुफ्याकचरिङ उद्योग सन् २०१४ को एक अध्ययन अनुसार चीनमा मेसिन, उपकरण म्यानुफक्चारिङ र निर्माण क्षेत्रले ५०% वायु प्रदुषक उत्सर्जनको हिस्सा ओगटेको एक अध्यानले प्रारम्भिक रिपोर्ट निकालेको थियो। निर्माण (कन्स्ट्रक्सन) फोहोर जलाउनु (इन्सिनिरेटर साथ साथै अव्यवस्थित फोहोर खुला तथा अनियन्त्रित रुपमा जलाउनु, करिब एक चौथाई शहरी फोहोर बालिन्छ जस्का कारण पनि प्रदूषणको खतरा निकै बढ्दै जान्छ । भट्टी तथा अन्य प्रकारका इन्धन जलाउने हिटिङ उपकरणबाट पनि वायु प्रदुषक उत्पन्न हुन्छ ।
विगतका गाडीहरूको धुवाँ: गाडीहरू, विशेष गरी पुराना मोडेलका गाडीहरूले, वायुमा प्रदूषण फैलाउने हानिकारक ग्यासहरू उत्सर्जन गर्छन्, जस्तै कि नाइट्रोजन अक्साइड र कार्बन डाइअक्साइड।
जङ्गलको आगो, वन्य क्षेत्रहरूमा आगो लाग्दा, त्यसले ठूलो मात्रामा धुँवा र अन्य प्रदूषक तत्वहरू वायुमण्डलमा फ्याँक्छ। कृषि र पशुपालन, कृषिमा केमिकल हर्बिसाइड र पेस्टीसाइडको प्रयोग, साथै गोबर र अन्य जैविक पदार्थहरूको दहनले पनि वायु प्रदूषणलाई बढाउँछ।
व्यक्तिगत गतिविधिहरू, घरमा खाना पकाउने चुल्होहरू, दहनशील इन्धन प्रयोग गर्दा, जस्ता गतिविधिहरूले पनि प्रदूषण फैलाउँछन्। प्राकृतिक कारकहरू, कहिलेकाहीं, प्राकृतिक कारणहरूले पनि वायु प्रदूषण बढाउँछ। उदाहरणको लागि, माटोको उडान, ज्वालामुखी विस्फोट र समुद्रमा हुने घटनाहरू। वायु प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ, जस्तै अस्थमा, श्वासप्रश्वासको समस्या, हृदयघात, र अन्य दीर्घकालीन रोगहरू। यसलाई नियन्त्रण गर्नका लागि वातावरणीय नीतिहरू र समाजको जागरूकता अत्यन्तै महत्त्वपूर्ण छ।
नियन्त्रित आगलागीबाट कृषि तथा जंगल व्यवस्थापन रणनीति । झुम कृषि जस्ता अभ्यासले अमेजन लगायत जंगलहरूमा वनविनाश र ठूलो मात्रामा वायु प्रदुषण गराउँछ । नियन्त्रित आगोलागी जंगल व्यवस्थापन, कृषि, हरितगृह ग्यास कटौतीमा प्रयोग हुने अभ्यास हो। वनरक्षक वनकर्मीहरूले नियन्त्रित आगोलाई उपकरणको रूपमा प्रयोग गर्न सक्छन् किनभने आगो वन र घाँसे मैदानको इकोलोजी दुवैको प्राकृतिक विशेषता हो। नियन्त्रित जलनले केही मनपर्ने वन रूखहरूको अंकुरणलाई प्रोत्साहित गर्छ, जसको परिणामस्वरूप वन नवीकरण हुन्छ।
प्राकृतिक स्रोतबाट आएको धुलो, प्रायः थोरै वा शुन्य बोटबिरुवा भएको ठाउँमा मिथेन, जनावरको पाचनद्वारा उत्सर्जन हुने राडन ग्यासम पृथ्वीको क्रस्टमा हुने रेडियो धर्मी गतिबिधीबाट उत्पन्न हुन्छ। राडन एक रंगहीन, गन्धहीन, रेडियोधर्मी नोबल ग्यास हो र रेडियमको क्षयबाट बन्छ। यसलाई स्वास्थमा खतरा मानिन्छ । प्राकृतिक स्रोतबाट आउने रेडन ग्यास भवनहरूमा (मुख्य बन्द क्षेत्रहरू जस्तै बेसमेन्ट) मा जम्मा हुन्छ । चुरोट धुम्रपान पछि फोक्सो क्यान्सरको यो दोस्रो ठूलो कारक हो।
आगलागीबाट निस्कने धुँवा र कार्बन मोनोअक्साइड। सक्रिय डडेलो आगलागी, अनियन्त्रित बायोमास जलाउने समयमा निस्कने धुँवाले सबै वायु
-वायु प्रदूषण रोक्ने उपायहरु:-
वायु प्रदूषण रोक्नका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ। केही महत्वपूर्ण उपायहरू छन् जसले वातावरण प्रदूषणलाई कम गर्न मद्दत पुर्याउछ ।
स्वच्छ इन्धनको प्रयोग; गाडी र औद्योगिक क्षेत्रमा इन्धनको स्वच्छ विकल्प अपनाउने, जस्तै इलेक्ट्रिक गाडीहरूको प्रयोग, सौर्य ऊर्जाको प्रयोग, र जैविक इन्धनहरूको प्रयोग गर्नाले प्रदूषण घटाउन मद्दत गर्छ।
हरित आवरण (ग्रीन कभर) वृद्धि; वृक्षारोपण र हरित आवरणको वृद्धि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा घटाउन मद्दत गर्दछ। यसले वायुमण्डलको शुद्धता बढाउँछ र वायु प्रदूषण कम गर्न मद्दत पुर्याउँछ।
औद्योगिकीकरण र निर्माण क्षेत्रको नियन्त्रण; प्रदूषण उत्सर्जन गर्ने कारखानाहरूको उत्सर्जन नियन्त्रण गर्न कडाइका साथ वातावरणीय नियम लागू गर्नुपर्छ। औद्योगिक क्षेत्रको अपशिष्टलाई सुरक्षित र प्रभावकारी तरिकाले व्यवस्थापन गर्न पनि महत्त्वपूर्ण छ।
नियमित गाडीहरूको जाँच र मर्मत; गाडीहरूको इन्जिन नियमित रूपमा जाँच र मर्मत गर्नाले यसबाट निस्कने प्रदूषक ग्यासहरूको मात्रा घटाउन सकिन्छ। त्यसका लागि उत्सर्जन मापदण्ड र ईन्धन दक्षताका लागि कडा नियमहरू लागु गर्न सकिन्छ।
पुनःप्रयोग र रीसायक्लिङ; प्लास्टिक र अन्य प्रदूषक पदार्थहरूको पुनः प्रयोग र रीसायक्लिङ गर्ने कार्यले वायुमण्डलमा हुने प्रदूषण घटाउन मद्दत पुर्याउँछ। यसका लागि सचेतना फैलाउनु र रीसायक्लिङ सिस्टमलाई सुधार्नु आवश्यक छ।
कृषिमा प्रदूषण नियन्त्रण; रासायनिक मल र कीटनाशकको प्रयोग घटाउने, जैविक कृषि विधिहरूलाई बढावा दिने, र गोबरबाट जैविक मलको प्रयोग गर्ने।
पार्क र सार्वजनिक यातायातको प्रयोग; सवारीका लागि सार्वजनिक यातायातको प्रयोग प्रोत्साहित गर्ने, जसले निजी गाडीहरूको प्रयोग कम गर्छ र यसबाट उत्सर्जन हुने प्रदूषण घटाउँछ।
इलेक्ट्रोनिक डिभाइसहरूको प्रभावकारी प्रयोग; विद्युत उत्पादनमा नवप्रवर्तनशील र स्वच्छ उर्जा स्रोतको प्रयोग गर्नुपर्नेछ, जस्तै सौर्य ऊर्जा र हावामा आधारित उर्जा उत्पादन प्रणालीहरू।
जनचेतना र शिक्षा; वायु प्रदूषणको बारेमा जनचेतना फैलाउने र वातावरणीय शिक्षालाई प्राथमिकता दिने, ताकि सबैले यसको प्रभाव र नियन्त्रणका उपायहरूको बारेमा जानून्।
नियमित वातावरणीय अनुगमन; वायु प्रदूषणको निगरानीका लागि प्राविधिक उपायहरू जस्तै वायु गुणवत्ता मापन यन्त्रको प्रयोग र नियमित अनुगमन गर्ने।
यी सबै उपायहरूको सहकार्यले वायु प्रदूषणलाई रोक्न र शुद्ध वायुको वातावरण सिर्जना गर्न मद्दत पुर्याउँछ। यसका लागि सबैका सक्रिय सहभागिता र सरकारी नीति महत्त्वपूर्ण छ।
निष्कर्ष:- वायु प्रदूषण हुनुका मुख्य कारण र रोक्ने उपायहरूको बारेमा हाम्रो आजको लेख थियो। यस लेखले तपाईंलाई वायु प्रदूषण के हो र वायु प्रदूषणको मुख्य कारणहरू के हुन् भनेर बतायौं। यसबाहेक, हामीले तपाईंलाई वायु प्रदूषण रोक्नका लागि उपायहरूको बारेमा पनि जानकारी दियौं। हामीलाई आशा छ । यो पोस्ट तपाईंको लागि धेरै उपयोगी भएको छ। यदि तपाईंलाई यो लेख मन पर्यो भने, वायु प्रदूषण रोक्नका उपायहरूको बारेमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।
लेखक:- जीवन शर्मा नेपालमा रहि खोजी एवम् भूगोल पत्रकारिता गर्ने सञ्चारकर्मि हुन् ।