मेलचौर, सिन्धुपाल्चोक । "नयाँ सालको नयाँ बिहानै, नयाँ भित्तेपात्रो" भन्ने भावनाका साथ श्री मालिकादेबी सामुदायिक सिकाइ केन्द्र, चौतारा साँगाचोकगढी नगरपालिका–०७ को आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा वितरणसहित चियापान समारोह आयोजना गरिएको छ।
कार्यक्रमको प्रमुख आतिथ्य चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक समितिका संयोजक तथा वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतमले गर्नु भएको थियो। विशेष अतिथिमा वडा नं. ०७ का अध्यक्ष डम्बर बहादुर तामाङ र वडा नं. ०८ का अध्यक्ष अमृत बहादुर दंगाल रहनु भएको थियो।
उक्त अवसरमा प्रमुख अतिथि गौतमसहित अमृत बहादुर दंगाल, डम्बर बहादुर तामाङ, चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगाल, श्री ज्ञानमन्दिर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पुन्य प्रसाद गजुरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ वर्षको अवसरमा सबैलाई सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका थिए।
कार्यक्रमको सभाध्यक्षता मालिकादेबी सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष यज्ञ प्रसाद दंगालले गर्नुभएको थियो भने स्वागत मन्तव्य केन्द्रकै सल्लाहकार तथा सञ्चारकर्मी यज्ञ दंगालले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम सञ्चालन आमन्त्रित सदस्य तथा श्री सिद्दिगणेश माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तिलक बहादुर दंगालले गर्नुभएको थियो।
स्थानीय जनप्रतिनिधि, शिक्षक, सञ्चारकर्मी, विद्यार्थी तथा समुदायका सक्रिय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा आपसी समन्वय, सहकार्य र विकासप्रति प्रतिबद्धता व्यक्त गरिएको थियो।

