आर्सनलको लगातार दोस्रो जित
![आर्सनलको लगातार दोस्रो जित](https://rastriyaonline.com/wp-content/uploads/2023/08/Screenshot-2023-08-22-134319.png)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपीएल) मा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।
सोमबार राति सम्पन्न एक मात्र खेलमा आर्सनलले क्रिस्टल प्यालेस लाई १-० ले पराजित गरेको छ ।
आर्सनलको लागि कप्तान मार्टिन ओडेगार्डले खेलको एकमात्र गोल गरेका थिए ।ओडेगार्डले खेलको ५४ औं मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरे ।
जितसँगै आर्सनलले दुई खेलमा दुई जित सहित छ अंक जोडेको छ । दुई खेलमा एक जित र एक हार सहित क्रिस्टल प्यालेसले तीन अंक बटुलेको छ ।
प्रतिक्रिया