सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीहरुलाई सहकारीको अनुरोधमा स्थानीय सरकारले प्रदान गर्ने बिभिन्न सेवाहरु रोक्न सकिने बताउनुभएको छ । महिलाहरुको सहभागितामा संचालित इन्द्रावती महिला बिकास बचत तथा ऋण सहकारी संस्थाको १९ औँ बार्षिक साधारण सभाको अबसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सहकारी संस्थाहरुको बिकासले ग्रामिण क्षेत्रमा रहेका आफ्ना शेयर सदस्यहरुको आर्थिक अबस्था परिवर्तनको लागि उल्लेख्य भुमिका खेल्दै आएकोमा खुशि व्यक्त गर्दै आगामि दिनमा पनि उत्पादनमुलक र व्यवसायमुलक क्षेत्रमा ऋण लगानी गर्न आग्रह गर्नुभयो । उहाँले उत्पादनमुलक ठाउँमा गर्ने लगानीमा नगरपालिकाले पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोहीे अबसरमा बागमति प्रदेशका पूर्व पशुपक्षिं बिकास राज्यमन्त्री इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिकाका पूर्व उपप्रमुख भगवति नेपाल लगायतले पछिल्लो पुस्तामा शिक्षित महिलाहरुले संचालन गरेको सहकारीको आर्थिक प्रगति सन्तोषजनक रहेको बताउनुभयो । साथै सहकारी मार्फत बिभिन्न रोजगारको सिर्जना हुने उत्पादनमुलक क्षेत्रमा जोडिन आग्रह गर्नुभयो ।
सहकारी संस्थाले यस बर्ष बिभिन्न क्षेत्रमा ऋण लगानी गरी २९२७३१।८४ पैसा खुद नाफा आर्जन गर्न सक्षम भएको कोषाध्यक्ष कालि वाइवा तामाङले जानकारी दिनुभयो । कार्यक्रम संस्थाको अध्यक्ष कल्पना चालिसेको सभाध्यक्षतामा संचालन भएको थियो ।
प्रतिक्रिया