पत्रकार महासंघको निर्वाचन २६ जेठमा

पत्रकार महासंघको निर्वाचन २६ जेठमा
राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ वैशाख २२ गते १४:०२

नेपाल पत्रकार महासंघले नयाँ कार्यसमिति चयनका लागि आगामी २६ जेठमा निर्वाचन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा भएको महासंघको २७ औं महाधिवेशनले २६ जेठमा निर्वाचन गर्ने निर्णय गर्दै त्यसको तयारीका लागि महासंघका समितिहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै सदस्यता शुद्धीकरणसम्बन्धी सबै विषय महासंघको विधान र शुद्धीकरण मापदण्ड २०७९ अनुसार वैशाखभित्रै टुंगो लगाएर सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

महासंघले प्रकाशित समाचारको विषयमा सर्वोच्च अदालतले पछिल्लो पटक दिएको आदेश संविधान विपरीत ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अपरेशनसम्बन्धी एक मुद्दामा न्यायाधीशसमेतको संलग्नतामा मिलेमतो भएको भन्दै सिधाकुरा डटकमले एक समाचार र अडियो सामग्री प्रकाशन गरेको थियो ।

उक्त समाचारले अदालतको अवहेलना भएको भन्दै परेको मुद्दामा सुनुवाइका क्रममा सर्वोच्चले ती सामग्री हटाउन र त्यस विषयमा पुन समाचार प्रकाशन नगर्न आदेश दिएको थियो । महासंघले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग माग गरेको छ ।

महासंघले कानुन निर्माणका क्रममा रहेका मिडियासम्बन्धी विभिन्न विधेयकहरुलाई पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुने गरी मिडियामैत्री बनाउन तीनै तहका सरकारसँग माग गरेको छ । त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कुनै पनि नीति तथा क्रियाकलाप नगर्न सरकारलाई आग्रह गरेको छ ।

महाधिवेशनले पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा हाल उत्पन्न विवाद समाधानका लागि त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग तथा इतिहास विभागसँगको समन्वयमा अध्ययन अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्न केन्द्रीय समितिलाई निर्देशन पनि दिएको छ ।

हेर्नुहोस् महासंघको १८ बुँदे घोषणापत्रको पूर्णपाठ :

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि तपसिल बमोजिमको घोषणापत्र जारी गर्दछ :

१. प्रकाशित समाचार सामग्रीको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतद्वारा पछिल्लो पटक भएको आदेशप्रति यस महाधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ । अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन/प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रुपमा मुद्दा चलाउने निर्णय गर्नु संविधानविपरीत रहेको ठहर गर्दै यो महाधिवेशन संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग जोडदार माग गर्दछ ।

२. आगामी २०८१ जेठ २६ गते नेपाल पत्रकार महासंघको निर्वाचन गर्ने घोषणा गर्दछ । त्यसका लागि सम्पूर्ण तयारीका लागि महासंघलाई निर्देश गर्दछ । साथै, सदस्यता शुद्धीकरणसम्बन्धी सबै विषय महासंघको विधान र शुद्धीकरण मापदण्ड २०७९ अनुसार बैशाख महिनाभित्रै टुंगो लगाई सार्वजनिक गर्न यो महाधिवेशन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई निर्देश गर्दछ ।

३. नेपाल पत्रकार महासंघलाई आफ्ना गतिविधि, कार्यक्रम, पुरस्कार तथा सम्मानजस्ता विषयमा निर्णय गर्दा समावेशी, समानुपातिक, वर्ग, क्षेत्र, लिंग, भाषाभाषी, धर्म, संस्कृतिको आत्मसम्मान र प्रतिनिधित्व रहने गरी कार्यविधि र स्पष्ट मापदण्डका आधारमा मात्र गर्न र महासंघको साझा चरित्रलाई व्यवहारमा कार्यान्वयन गर्न यो महाधिवेशन निर्देश गर्दछ ।

४. कानुन निर्माणका क्रममा रहेका मिडियासम्बन्धी विभिन्न विधेयकहरुलाई पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुनेगरी मिडियामैत्री बनाउन यो महाधिवेशन तीनै तहका सरकारसँग जोडदार माग गर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कुनै पनि नीति तथा क्रियाकलाप नगर्न माग गर्दछ ।

५. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा हाल उत्पन्न विवादलाई दृष्टिगत गरी उक्त विषयमा त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग तथा इतिहास विभागसँगको समन्वयमा अध्ययन/अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्न यो महाधिवेशन महासंघलाई निर्देश गर्दछ ।

६. सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनको रकम दोब्बर बृद्धि गर्न र श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरी पूर्णरुपमा कार्यान्वयन गर्न यो महाधिवेशन सरकारसँग जोडदार माग गर्दछ ।

७. प्रेस काउन्सिल नेपालद्वारा पछिल्लो दिनमा क्षेत्राधिकारविपरीत सञ्चारमाध्यमलाई समाचार सामग्री हटाउन निर्देशन दिएको विषयप्रति यो महाधिवेशन खेद प्रकट गर्दै काउन्सिललाई संविधान र विद्यमान कानुनको परिपालना गर्न सचेत गराउँदछ ।

८. श्रमजीवी पत्रकारहरुले लामो समयदेखि पारिश्रमिक तथा सेवासुविधा नपाएकोप्रति दुःख व्यक्त गर्दै यो महाधिवेशन सम्बन्धित सञ्चारमाध्यमलाई तत्कालपारिश्रमिक उपलव्ध गराउन माग गर्दछ । साथै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न र समस्याको दीर्घकालीन समाधान खोज्न मिडिया सञ्चालक, श्रमजीवी र सरकारबीच आवश्यक समन्वय र सयन्त्र विस्तार गरी अघि बढ्न आव्हान गर्दछ ।

९. साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चारमाध्यमको दिगो र भरपर्दोविकासका लागि जोड दिँदै समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न यो महाधिवेशन माग गर्दछ ।

१०. छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गर्दछ । साथै, द्वन्द्वपीडित, दलित, अपांगता भएका, तेस्रोलिंगीर पत्रकार महिलाहरुले सञ्चालन गरेका सञ्चारमाध्यमहरुलाई हाल पाइआएको सेवासुविधालाई दोब्बर गर्न यो महाधिवेशन सम्बन्धित पक्षसँग माग गर्दछ ।

११. स्थानीय र साना लगानीका सञ्चारमाध्यमहरुलाई संरक्षण र सम्बद्र्धनका लागि आवश्यक पहलको अपील गर्दै यो महाधिवेशन समानुपातिक विज्ञापन नीति लागु गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउनुपर्ने वाध्यकारी व्यवस्था गर्नसरकारसँग माग गर्दछ ।

१२. श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रुपान्तरण गरी प्रभावकारी कार्यान्वयन गर्न यो महाधिवेशन सरकारसँग माग गर्दछ ।

१३. मुलुकको बहुलता र विविधतालाई आत्मसात गर्दै सञ्चार प्रतिष्ठानहरूका विषयवस्तु र संरचनालाई लैंगिक, समावेशी र अपाङ्गतामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानहरुलाई आव्हान गर्दछ ।

१४. सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवासुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने अव्यवहारिक प्रावधान तत्काल खारेज गर्न माग गर्दछ ।

१५. पत्रकार आचारसंहिताको पालना गर्न, जिम्मेवार र मर्यादित पत्रकारिता गर्न विशेष जोड दिन र सकारात्मक पत्रकारिताको माध्यमबाट समाजलाई जागृत गर्ने कार्यमा लाग्न सबै पत्रकारहरुलाई यो महाधिवेशन अपील गर्दछ ।

१६. पत्रकारिता क्षेत्रमा देखिएका नयाँ आयाम तथा चुनौतीहरुको समाधानका लागि पत्रकारहरुको क्षमता अभिवृद्धिमूलक नीति तथा कार्यक्रम ल्याउन र पत्रकारिता विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहने पत्रकारहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

१७. जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि ‘पृथ्वीका लागि पत्रकारिता‘ भन्ने मूल मर्मलाई आत्मसात गर्दै कलम चलाउन यो महाधिवेशन सम्पूर्ण सञ्चारकर्मीहरुलाई अनुरोध गर्दछ ।

१८. नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, महासंघका पूर्वअध्यक्षहरु, पत्रकारसम्बद्ध विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरूका साथै देशभरका सबै केन्द्रीय परिषद् सदस्यहरुलाई यो महाधिवेशन धन्यवाद ज्ञापन गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास