स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न
राष्ट्रिय तथा स्थानीय पाठ्यक्रम शिक्षण बिधि र मुल्यांकन पद्धति बारे अभिमुखिकरण तालिम सोमबार मेलम्चीमा सम्पन्न भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालको सहयोग र समन्वयमा मेलम्ची नगरपालिकामा रहेका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम निमाणर् गरिएको थियो ।
स्थानीय स्रोत साधनहरुको पहिचान र प्रबद्र्धन गर्ने उद्धेश्यका साथ स्थानीय पाठ्यक्रम निर्माण समितिले तयार गरेको पाठ्यक्रमको शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको रिड नेपालकी परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो ।
पाठ्यक्रमले निर्धारण गरेको उद्धेश्य तथा लक्ष्य प्राप्तीका लागि पाठ्यक्रमबारे प्रधानाध्यापक र शिक्षकहरुलाई तालिम प्रदान गरिएको सुवेदीले जानकारी दिनुभयो । स्थानीय पाठ्यक्रममा समावेश गरिएका बिषय र क्षेत्रहरुको बारेमा शिक्षण कार्य सहज बनाउने उद्धेश्यका साथ २ दिने अभिमुखिकरण गरिएको सुवेदीले जानकारी दिनुभयो । तालिमको पाठ्यक्रम विकास केन्द्रका विशेषज्ञ युवराज अधिकारी ,रिड नेपालका उपाध्यक्ष डम्बरध्वज आङ्दाङ्बे , मेलम्ची नगरपालिकाका शिक्षा अधिकृत सुधिनराज बुढाथोकी , वातावरण अधिकृत सुजन दुलालले लगायतले सहजिकरण गर्नुभएको थियो ।
स्थानीय तहले आफ्नो स्थानीय तहको पहिचान हुने गरी छुट्टै पाठ्यक्रम निर्माण गरी बिद्यालयहरुमा लागु गर्न पाउने अधिकार प्राप्त भएपछि मेलम्चीले “हाम्रो मेलम्ची हाम्रो पहिचान” नामक पाठ्यक्रम तयार गरेको हो ।
बिद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु भएपछि शिक्षण गर्ने शिक्षकहरुलाई पाठ्यक्रमले निर्धारण गरेका बिषयबस्तु अनुसार शिक्षण गर्न सहज हुने पाठ्य सामग्रीहरुको उपलब्धता, पहिचान र त्यसको प्रयोगबारे सहजिकरण गर्ने उद्धेश्यका साथ अभिमुखिकरण तालिम सञ्चालन गरिएको सुवेदीको भनाई छ ।
प्रधानाध्यापक र शिक्षकहरुको लागी २ दिन संचालन भएको कार्यक्रममा स्थानीय पाठ्यक्रम र पाठ्यक्रममा समाबेश गरिएका क्षेत्र, श्रोत साधनको पहिचान, उपयोग, पाठ्यक्रमले निर्धारण गरेका उद्धेश्य, लक्ष्य प्राप्तीका लागि संचालन गरिने शिक्षण सिकाई कृयाकलाप र बिषय बस्तुहरुको ज्ञान सिप हासिलबारे सहजिकरण जानकारी गराइएको थियो । तालिममा सहभागी शिक्षकहरुले तालिम उपलब्धी मुलक रहेको बताएका छन् । स्थानीय पाठ्यक्रम लागु भएको तर कार्यान्वयन गर्न अन्योल भएको अवस्था यस्ताखाले कार्यक्रमले सहज भएको शिक्षकहरुको प्रतिक्रिया छ ।
प्रतिक्रिया