दिल्लीको जी-२० सम्मेलनमा बाँदर आतंकको त्रास
राष्ट्रिय अनलाइन
प्रकाशित: २०८० भदौ १७ गते ११:२५
जी-२० सम्मेलनमा साना बाँदर धपाउनका लागि दिल्लीका ठाउँठाउँमा लंगुरको बाँदरको पोस्टर टाँसिएको छ ।
९ सेप्टेम्बरदेखि दिल्लीमा सुरु हुने सम्मेलनमा बाँदर आतंक हुन नदिनका लागि दिल्लीका ठाउँठाउँमा ठूला बाँदरको पोस्टर राखिएको हो । त्यहाँ लंगुरको आवाज निकाल्ने मानिसहरुलाई समेत खटाइने बताइएको छ
दिल्लीमा बाँदरको संख्या निकै ठूलो छ । यी उपाय अवलम्बन गर्दा सम्मेलनभर बाँदरको आतंक टार्न सकिने विश्वास गरिएको छ । विश्वका उच्चपदस्थ नेता रहने होटल वरपर बाँदरको आतंक नहोस् भन्नका लागि लंगुरको आवाज निकाल्न सक्ने ४० भन्दा बढी तालिमप्राप्त मानिस खटाइएको छ ।
सन् २०१० को कमन वेल्थ खेलकुद प्रतियोगितामा पनि यो तरिका अपनाइएको थियो । सन् २०१४ मा बाँदर आतंक कम गर्नका लागि संसद भवनदेखि सरकारी अन्य निकायका भवन वरपर लंगुरको आवाजको नक्कल गर्ने पेशेवर खटाइएको थियो ।
प्रतिक्रिया