प्रचण्डले बोलाएपछि ओली सिंहदरबारमा
![प्रचण्डले बोलाएपछि ओली सिंहदरबारमा](https://rastriyaonline.com/wp-content/uploads/2023/09/Prachanda-OLI-Meeting-1024x554-1.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
सिंहदरबार स्रोतका अनुसार संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा दुई नेताबीच कुराकानी भएको छ ।
प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको सेरोफेरोमा छलफल भएको हुन सक्ने बुझिएको छ ।
प्रतिक्रिया