बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छानिए ‘गाउँ आएको बाटो’ र ‘गुराँस’
राष्ट्रिय अनलाइन
प्रकाशित: २०८० भदौ १९ गते १८:१०
२८औँ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा दुईवटा नेपाली फिल्म छनोटमा परेका छन्। फेस्टिभलमा नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ (अ रोड टू अ भिलेज) छनोट भएको छ। ‘गाउँ आएको बाटो’ बुसानको ‘अ विन्डो अन एसियन सिनेमा’ अन्तर्गत छनोट भएको हो।
‘गाउँ आएको बाटो’ यसअघि टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोटमा परेको छ। फेस्टिभलमा अर्को नेपाली फिल्म सौरभ राईको ‘गुराँस’ पनि छनोटमा परेको छ। नेपाल र भारतको संयुक्त निर्माण रहेको उक्त फिल्मले यसअघि नेदरल्यान्डको स्क्रिप्ट फन्ड जितेको थियो। बुसानको अ विन्डो अन एसियन सिनेमाअन्तर्गत जम्मा ३० वटा फिल्म छनोटमा परेका छन्। बुसान इन्टरनेशनल फिल्म फेस्टिभलको यो संस्करण ४-१३ अक्टोबरमा दक्षिण कोरियाामा हुँदैछ।
प्रतिक्रिया