मधेश प्रदेश सांसद यादवलाई थुनामा राख्न अदालतकाे आदेश
![मधेश प्रदेश सांसद यादवलाई थुनामा राख्न अदालतकाे आदेश](https://rastriyaonline.com/wp-content/uploads/2023/09/anirudra-singh-madesh.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
जनकपुरधाम । हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमबार राजविराज नगरपालिका– ७ बाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले आज अदालतमा पेश गरेको थियो । अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले सांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको जानकारी दिए । आदेशलगत्तै उनलाई थुनामा लगिएको छ ।
१६ वर्षअगाडि माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या भएको थियो । चौधरीको हत्या मुद्दामा यादवलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।
प्रतिक्रिया