सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश
![सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश](https://rastriyaonline.com/wp-content/uploads/2023/09/kathmandu-district-court.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ अधुरो बनेको छ । न्यायाधीश सकुन्तला कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी छन् ।
सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ । तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला-२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको स्रोतले बतायो ।
हेर्दाहेर्दैमा नपरेपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ ।
प्रतिक्रिया