बाहिरियो नेपाल, थाइल्यान्डसँग ४६ रनले पराजित
![बाहिरियो नेपाल, थाइल्यान्डसँग ४६ रनले पराजित](https://rastriyaonline.com/wp-content/uploads/2023/09/369633865_697402282416155_7468827663684796771_n-1693456327.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
नेपाल मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ । शुक्रबार बिहान भएको खेलमा थाइल्यान्डले नेपाललाई ४६ रनले पराजित गर्यो ।
१०६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन जोड्यो । नेपालका लागि कविता कुँवरले १७ तथा अप्सरा बेगम र कविता जोशीले १०/१९ रन बनाए । जितसँगै थाइल्यान्ड विश्वकपको विश्वस्तरको छनोटमा पुगेको छ थाइल्यान्डले सन् २०२० मा विश्वकप खेलेको थियो।
प्रतिक्रिया