सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ
![सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ](https://rastriyaonline.com/wp-content/uploads/2023/09/60_Kg_Gold_Smuggling_Case1692357042.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
६१ किलो सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शनिबार विमानस्थल भन्सारका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पुष्पा जोशी, कमल परियार र वीरेन्द्र नेपाली रहेका छन्। जोशी अधिकृत हुन् भने परियार र नेपाली नायब सुब्बा हुन्। सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीले उनीहरुलाई संलग्न भएको आरोपमा पक्राउ गरेको हो। उनीहरुमाथि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
यी तीनसहित अहिले सुन तस्करी प्रकरणमा सीआईबीको नियन्त्रणमा ३१ जना रहेका छन्। साउन २ गते विमानस्थल बाहिरबाट उक्त तस्करीको सुन बरामद गरिएको थियो।
प्रतिक्रिया