स्रोत नखुलेको साढे २० लाख रकमसहित एकजना पक्राउ
![स्रोत नखुलेको साढे २० लाख रकमसहित एकजना पक्राउ](https://rastriyaonline.com/wp-content/uploads/2023/09/Nepali-Rakam-20-lakha-baramad.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
जनकपुरधाम । जनकपुरबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् ।
उनलाई शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट गोप्य सूचनमको आधारमा रकमसहित नियन्त्रणमा लिएको धनुषाकम प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनले आफ्नो पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता गौतमले बताए ।
बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया