राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)
![राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)](https://rastriyaonline.com/wp-content/uploads/2023/09/377854303_1013282796583897_7127721678410607437_n.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रर्दशन गरिरहेको छ । हिन्दू राष्ट्र, राजसंस्था पुनस्थापना, भ्रष्टाचार, संघीयता खारेजी र गौहत्या विरोध गर्दै भृकुटीमण्डपमा प्रदर्शन गरिएको हो । राप्रपाद्वारा आयोजित जनप्रदर्शन तथा विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङदेनलाई शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गौहत्या गर्नेमाथि कारबाही नभएसम्म देशभर आन्दोलन नरोक्ने उद्घोष गरे ।
![](https://rastriyaonline.com/wp-content/uploads/2023/09/375957994_1013283069917203_5974198440749065698_n.jpg)
र्यालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘बालुवाटार प्रकरणको नाइकेहरूलाई पक्राउ नगरेसम्म देशभर आन्दोलन हुन्छ, सुन काण्डका मुख्य दोषी पक्राउ गर्नुपर्छ । शरणार्थी प्रकरणका मुख्य नाइकेहरूले उन्मुक्ति पाइरहेका छन् । साथसाथै विभिन्न भ्रष्टाचारको काण्ड छन् । त्यो अन्त्य नभएसम्म रोकिँदैन ।’
![](https://rastriyaonline.com/wp-content/uploads/2023/09/376022568_1013282769917233_2729641471364742749_n.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2023/09/375979395_1013282993250544_6539555910611512520_n-1024x630.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2023/09/376061815_1013282623250581_4606789294772399003_n.jpg)
प्रतिक्रिया