हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस
![हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस](https://rastriyaonline.com/wp-content/uploads/2024/04/hikmat-cm-dabi-1.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
विराटनगर । कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन् । एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठनको पहल सुरू गरेका हुन् ।
कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । हिक्मतलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदको हस्ताक्षर प्रदेश प्रमुख कार्यालयमा पुगेको छ ।
कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले औपचारिक आव्हान नगर्दै गठबन्धनले दाबी प्रस्तुत गरेको हो । मुख्यमन्त्री कार्की राजीनामा पनि नबुझाउने र विश्वासको मत पनि नमाग्ने अडानमा छन् ।
प्रतिक्रिया