नवलपुर भ्याली स्कुलको वार्षिकोत्सब,सम्मान,पुर्व प्रा.वि दिक्षान्त एवं अभिभावक भेला सप्पन्न
नवलपुर भ्याली स्कुलको वार्षिकोत्सब,सम्मान,पुर्व प्राथमिक तहका विद्यार्थी दिक्षान्त एवं अभिभावक भेला सप्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल (शरद)ले स्थापनाको १ बर्षमा इन्द्रावतीको शैक्षिक उन्नयनको लागी विद्यालयले महत्त्वपूर्ण योगदान पुर्याएको विद्यालय प्रति आभार प्रकट गर्नुभयो । उहाँले सम्मानित हुनुहुने ब्यक्तिहरुले जिल्लामा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सफलताको लागि सुभकामना व्यक्त गर्नुभयो । मन्त्री दुलालले यातायात,संचार र प्राविधिको विकासले अहिले संसार एउटा गाउँको रुपमा रहेको भन्दै जहाँ पुगेपनि देश बनाउनका लागी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो देश हामि आफैले बनाउने भएकाले अब्बल जनशक्ति उत्पादन गर्नसक्ने ब्यक्ति उत्पादन गर्नुनै गुणस्तरीय शिक्षा भएकाले अहिले देखिनै यसको तयारी गर्नुपर्ने बताउनुभयो । मन्त्री दुलालले दृष्टिकोण,भाबना,दक्षता लगायत हरेक क्षेत्रबाट ब्यक्तिलाई अब्बल बनाउदै आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने भावको विकास हुनु जरुरी रहेको बताउनुभयो । उहाँले शैक्षिक पुर्वाधार,स्वास्थ्य,लगायत यहाँको विकासको लागी निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले पालिका भित्रका अन्य निजि विद्यालयको तुलनमा स्थापना भएको एक बर्षमै निकै ठुलो उपलब्धि हासिल गरेको भन्दै उहाँले विद्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो । बसाइँसराइ अहिले इन्द्रावतीमा निकै ठुलो चुनौतीको रुपमा देखा परेको भन्दै यसलाई रोक्दै गाउँमै उध्यम खोलेर उध्यमी बनाउने योजनाका साथ पालिका अगाडी बढिरहेको बताउनुभयो । कार्यक्रमका बिशेष अतिथि समेत रहनुभएका अध्यक्ष नेपालले आफ्ना नानिबाबु लाई गुणस्तरीय शिक्षा प्रदानका लागी शहर केन्द्रित भएका यहाँका अभिभावक तथा विद्यार्थीहरु अहिले गाउँ फर्किएको भन्दै खुशी व्यक्त गर्नुभयो । यस विद्यालयले पुर्याएको योगदानले इन्द्रावतीको शिक्षा विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष नेपालको भनाइ थियो ।
कार्यक्रममा प्याब्सन बागमती प्रदेशका सचीव ऋषिराम नेपालले वार्षिकोत्सब सफलताको सुभकामना व्यक्त गर्नुभयो । स्थापन भएको पहिलो बर्षमै यसको भेगका अभिभावक हरुको मन जित्न सफल भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । देशकै शैक्षिक उन्ननयको लागी निजि विद्यालयहरुले महत्त्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै सचीव नेपालले अब शिक्षालाई सिप संग जोड्नका लागी छलफल भइरहेको बताउनुभयो । कार्यक्रमको अवसरमा पुर्व प्राथमिक तहका २० जना विद्यार्थीलाई दिक्षित गरिएको विद्यालयका प्रीन्सिपल बुद्धिप्रसाद आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रमको अवसरमा नवलपुर भ्याली पत्रकारिता सम्मान बाट पत्रकार देवराज सुवेदी, , साहित्य सम्मान बाट पत्रकार तथा साहित्यकार सुन्दर शिरिष, कला सम्मान बाट लोक गायक नवराज घोरासैनी र शिक्षा सम्मान बाट केतु बोर्डिङ स्कुलका प्रीन्सिपल एरोन लेप्चा सम्मानित हुनुभएको थियो । कार्यक्रममा प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष ओमप्रकाश उप्रेती ,इन्द्रावती गाउँपालिकाका प्रवक्ता वडा नम्बर ५ का अध्यक्ष सशिनाथ आचार्या,वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङ,वडा नम्बर ७ का अध्यक्ष रविन्द्रकुमार खाती,वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरि,वडा नम्बर ३ का अध्यक्ष भिमसेन थापा विभिन्न निजि विद्यालयका प्रतिनिधि लगायत शिक्षासेवि तथा समजसेवी हरुको उपस्थिति रहेको थियो । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष विमला पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गायक नवराज घोरासैनी,साहित्यकार सुन्दर शिरिष लगायत,विद्यार्थी लगायतले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया