हेलम्बुको कक्षा ८ : ७९.८० प्रतिशत विद्यार्थी उतिर्ण, शिक्षामा गरेको लगानी खेर नगएको दावी
![हेलम्बुको कक्षा ८ : ७९.८० प्रतिशत विद्यार्थी उतिर्ण, शिक्षामा गरेको लगानी खेर नगएको दावी](https://rastriyaonline.com/wp-content/uploads/2024/04/17127556710c693d92-5e4e-42af-bfd4-265283.jpeg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कक्षा ८ को पालिका स्तरिय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा निकालेको छ । २ संस्थागत विद्यालय सहित १५ वटा विद्यालयका ३ सय १२ जना विद्यार्थी सहभागी भएकोमा २४९ जना विद्यार्थी उतिर्ण भई कुल संख्याको ७९.८० प्रतिशत उतिर्ण भएको हेलम्बु गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धनध्वज लामाले जानकारी दिनुभयो । अन्तिम नतिजा अनुसार ५६ जना विद्यार्थीले ग्रेट वृद्धि परिक्षा दिन पाउने भएका छन् भने २ भन्दा बढी विषय लाग्ने ७ जना विद्यार्थी रहेको लामाले जानकारी दिनुभयो ।
लामाका अनुसार ३.६ जिपिए ल्याउने २५ जना,३.२ जिपिए ल्याउने ४७ जना, २.८ जिपिए ल्याउने १०२ जना, २.४ जिपिए ल्याउने ६६ जना र २.० जिपिए ल्याउने ९ जना विद्यार्थी छन् । परिक्षामा सहभागी इष्ट पोइन्ट एकेडेमीको २० जना विद्यार्थी मध्ये २० जनाले नै ३.६० भन्दा माथि अंकल्याई शत प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।
यस भेगकै पुरानो शैक्षिक संस्था सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घोरासैनीले विद्यार्थीहरु लाई होस्टलको ब्यबस्थापन,अतिरिक्त क्रियाकलापमा सहभागीता,बिषयगत रुपमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिएका कारण यो बर्षको नतिजा सुधार भएको बताउनुभयो । उहाँले गतबर्षबाट योजनाबद्ध ढंगले सम्पुर्ण शिक्षकहरु एकताबद्ध भएर लागेका कारण अहिले सफल भएको बताउनुभयो । विद्यालयको ५१ जना विद्यार्थी सहभागी भएकाले ३९ जना पास भएको र १० जनाले मौका परिक्षा पाएको प्रधानाध्यापक घोरासैनीले जानकारी दिनुभयो । गाउँपालिकाले पनि शिक्षामा उल्लेख्य लगानी गरेको,आवश्यक बिषयगत शिक्षकको ब्यबस्थापन,तालीम लगायतको नियमित अनुगमन र चासोका कारण पनि अहिले सरस्वतीको मात्र नभएर पालिकाकै शिक्षामा सुधार आएको बताउनुभयो । उहाँले आगामी बर्षपनि पनि यसलाई कायम गर्दै शतप्रतिशत विद्यार्थी उतिर्ण गर्ने लक्ष्यका साथ अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । आगामी बर्षबाट अङ्ग्रेजी माध्यम बाट अध्यापन गराउने र पालिकाकै नमुना विद्यालय बनाउने योजनाका साथ अगाडि बढ्ने घोरासैनीले बताउनुभयो । पालिकाले पनि शैक्षिक उन्नयनको लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाले थप सहज हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो । गतबर्ष विद्यालयको ३९ जना सहभागी मध्ये १ जना मात्र विद्यार्थी उतिर्ण भएको विद्यालयना यस बर्ष ७६ प्रतिशत विद्यार्थी उतिर्ण हुनु खुशीको कुरा भएको प्रधानाध्यापक घोरासैनीको भनाइ छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले शिक्षामा गरेको लगानी खेर नगएको बताउनुभयो । उहाँले गतबर्ष हेलम्बु गाउँपालिकाको पालिका स्तरिय परिक्षामा नतिजा लाजमर्दो आएको उल्लेख गर्दै यसबर्ष उल्लेख्य सुधार आएको दावि गर्नुभयो । अध्यक्ष शेर्पाले आफुले शिक्षामा विशेष चासो दिएको भन्दै शिक्षामा गरेको लगानी अहिलेको नतिजाले सन्तोषजनक रहेको बताउनुभयो । उहाँले उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्नुहुने शिक्षक,विद्यार्थी,पालिकाको शिक्षा शाखाका कर्मचारी,अभिभावक लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा शत प्रतिशत विद्यार्थी उतिर्ण गर्नेगरि लाग्नका लागि आग्रह गर्नुभयो ।
लिंक सहित
प्रतिक्रिया