टी-२० वरियतामा दीपेन्द्र अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिए
राष्ट्रिय अनलाइन
प्रकाशित: २०८१ वैशाख ५ गते १४:४५
ओमनमा जारी एसिसी प्रीमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० वरियतामा छलाङ मारेका छन् ।
उनी अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । यसअघि उनी २५ औँ स्थानमा थिए । ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै दीपेन्द्र ६२ औं स्थानमा उक्लिएका छन्। उनले ओमानमा जारी एसिसी प्रीमियर लिगमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
यस्तै टी-२० ब्याट्सम्यानको वरियतातर्फ दीपेन्द्र ६२ औँ स्थानमा छन्। उनी १६ स्थान माथी उक्लिएका हुन्।
ब्याट्सम्यानको वरियतामा नेपालका आसिफ शेख ३६ स्थान माथी उक्लिएर ७५ औँ नम्बरमा पुगेका छन्। कुशल मल्ल ९ स्थान उक्लिएर एक सयौँ नम्बरमा छन्। बलिङतर्फ भने कुनैपनि नेपाली खेलाडी शीर्ष १ सय भित्र छैनन।
प्रतिक्रिया