गलैंचा बुनाई तथा बुटिक सम्बन्धी ४५ दिने तालिम भोटेचौरमा सुरु
“सीप सिकाैं, स्वराेजगार बनाै” भन्ने मुल उद्देश्यका साथ गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम अन्तर्गत सीप विकासका लागि ४५ दिने गलैंचा बुनाई र बुटिक तालिम भोटेचौरमा सुरु भएको छ । प्रमुख अतिथी मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले तालिमको उद्घाटन गर्नुभयो । मेलम्ची नगरपालिकाकाे आयाेजनामा सुरु तालिमको आज उद्घाटन गरिएको हो । उप प्रमुख प्रधानले आयाअर्जन वृद्धिका लागि नगरपालिकाले विभिन्न तालिम सञ्चालन गरेको बताउदै यसको सदुपयोग गर्न आग्रह गर्नुभयो । तालिममा २० जनाकाे सहभागीता रहेकाे छ ।
कार्यक्रमकाे सहजिकरण बुटिककाे लागि फुलमाया तामाङ,चमेली विक र गलैचाकाे लागि मिठु लामिघातेले गर्नुहुनेछ । मेलम्ची नगरपालिका वडा नं १ का अध्यक्ष, कृष्ण मुरारी चाैलागाईकाे अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष कृष्णप्रसाद चाैलागाई,वडा सदस्यहरू लगायतकाे उपस्थिति रहेको थियो ।
प्रतिक्रिया