पाँचपोखरीमा प्रहरीको नयाँ भवन, कानुन मन्त्री श्रेष्ठद्धारा उद्घाटन
![पाँचपोखरीमा प्रहरीको नयाँ भवन, कानुन मन्त्री श्रेष्ठद्धारा उद्घाटन](https://rastriyaonline.com/wp-content/uploads/2024/04/WhatsApp-Image-2024-04-30-at-13.03.04_c1d1d92a.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
वागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गगांनारायण श्रेष्ठले समयमै नयाँ ऐन कानुन बनाउन नसक्दा प्रहरी समायोजनको प्रक्रिया टुँङगीन नसकेको बताउनुभयो । उहाँले २०१२ सालमा बनेको प्रहरी ऐनका कारण सोचेजस्तो कार्य प्रहरीले गर्न नसकेको समेत बताउनुभयो । मंगलबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नवनिर्मित प्रहरी कार्यालय भवनको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधनको क्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने आफ्नो गाउँपालिका सुविधायुक्त बाटोकै अभावमा पछाडी परेको बताउनुभयो । भौगालिक विकटताको कारण नागरिकलाई सास्ती भएकोले पक्कि बाटो निर्माणको लागि आबश्यक पहलको लागि आग्रह समेत गर्नुभयो । कार्यक्रममलाई वागमति प्रदेशका सांसद कृष्णकुमार तामाङ (समिर), सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, सिन्धुपाल्चोकका प्रहरी प्रमुख सन्तोष खड्का लगायत उच्च पदस्थ प्रहरी अधिकारीहरुले आफ्ना भनाईहरु राखेका थिए ।
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी, वडा नम्बर ८, ४, ५ र ३ का वडा अध्यक्ष लगायत समाजसेवी र स्थानीयको उपस्थिती रहेको थियो ।
वागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत विनियोजित दुई करोड ६६ लाख ७३ हजार ८९३ रुपैँया लागतमा साढे दुई रोपनी क्षेत्रफलमा प्रहरी कार्यालयको निर्माण सम्पन्न गरिएको हो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/04/WhatsApp-Image-2024-04-30-at-13.03.04_408da395-1024x576.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/04/WhatsApp-Image-2024-04-30-at-13.03.08_acf6af6b-1024x576.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/04/WhatsApp-Image-2024-04-30-at-13.06.25_d949362a-1024x576.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/04/WhatsApp-Image-2024-04-30-at-13.06.26_b5cf173f-1024x576.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/04/WhatsApp-Image-2024-04-30-at-13.06.25_287732fd-1024x576.jpg)
प्रतिक्रिया