समयमै नयाँ ऐन कानुन बनाउँन नसक्दा प्रहरीले सोचे जस्तो काम गर्न सकेन ः मन्त्री श्रेष्ठ
राष्ट्रिय अनलाइन
प्रकाशित: २०८१ वैशाख १८ गते १६:५४
वागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गगांनारायण श्रेष्ठले समयमै नयाँ ऐन कानुन बनाउन नसक्दा प्रहरी समायोजनको प्रक्रिया टुँङगीन नसकेको बताउनुभयो । उहाँले २०१२ सालमा बनेको प्रहरी ऐनका कारण सोचेजस्तो कार्य प्रहरीले गर्न नसकेको समेत बताउनुभयो । मंगलबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नवनिर्मित प्रहरी कार्यालय भवनको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनुभयो ।
वागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत विनियोजित दुई करोड ६६ लाख ७३ हजार ८९३ रुपैँया लागतमा प्रहरी कार्यालयको निर्माण सम्पन्न गरिएको हो
प्रतिक्रिया