नेपालको लगातार दोस्रो हार,वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित
काठमाडौँ। ओपनर लोकेश बम र तल्लोक्रमका करण केसीबाहेक अन्य ब्याटर चल्न नसक्दा वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ।
बुधबार सम्पन्न खेलमा घरेलु टोली नेपाल ७६ रनले पराजित भएको हो। वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्रै बनाउ सक्यो।
योसँगै पाहुना टोली वेस्ट इन्डिजले ५ खेलको टी–२० शृंखलामा २–१ को अग्रता बनाएको छ। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। तर, आइतबार सम्पन्न दोस्रो खेलमा पुनरागमन गर्दै वेस्ट इन्डिजले नेपाल १० रनको हार चखाएको थियो।
तेस्रो खेलमा आफ्नो शानदार लय काम राख्नेक्रममा बलरहरू खेलमा हाबी भए। वेस्ट इन्डिजका हेडेन वाल्शले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले सर्वाधिक ३ विकेट लिए।
यस्तै, २ ओभरमा २८ रन खर्चिएका गुडाकेश मोटीले २ विकेट लिँदा म्याथ्यू फोर्डे, ओबेद म्याक कोए र फेबियन एलेनको नाममा १/१ विकेट रह्यो।
नेपालका लोकेश र करणले २८/२८ रन बनाए। कुशल मल्ल २०, विनोद भण्डारी १९ र अनिलकुमार साह १४ रनमा पेभिलियन फर्किँदा नेपालका ५ ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
प्रतिक्रिया