मेलम्ची प्रभावितद्धारा खानेपानी मन्त्री राईको ध्यानाकर्षण
संघीय खानेपानी मन्त्री राजेन्द्रकुमार राई समक्ष मेलम्ची खानेपानी प्रभावितहरुले विभिन्न माग सहित ध्यानाकर्षण गराएका छन ।
मंगलबार मेलम्ची खानेपानी आयोजना प्रभावितहरुका लागि लेबीको कार्यान्वयन ,मेलम्ची हेलम्बु, मेलम्ची भोताङ, दाउचेत केउरिनी, बांसखर्क बरुवा याङ्ररी सडक १२ महिना चल्न सक्ने गरि स्तरउन्नति गर्नका लागि आगामी बर्षको बजेटमा रकम सुनिश्चित गर्न माग गरिएको छ ।
त्यस्तै सुप अन्तरगत यो बर्ष विनियोजित भएको बजेट कार्यान्वयन र थप बजेटको सुनिश्चितता लगायका बिषयहरुमा खानेपानी मन्त्रीलाई ध्यानाकर्षण गराइएको पुर्व मन्त्री शेर बहादुर तामाङले जानकारी दिनुभयो
सोही क्रममा एमाले नेता हस्त पण्डित ,निर्मल बन्जारा,खानेपानी बोर्ड सदस्य बिष्णुमणि आचार्य, सरोकार समितिका अध्यक्षहरु उपेन्द्र तामाङ, गोपाल स्याङ्बो, दोर्जे स्याङ्बो मेलम्ची खानेपानी बिकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया