जनता माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न
![जनता माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न](https://rastriyaonline.com/wp-content/uploads/2024/05/438094336_461658693193246_8002931915207171619_n.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
जनता माध्यमिक विद्यालय मेलम्ची ९ ज्यामिरेको ६६ औं वार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रम भव्य समारोहका साथ बिहीवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख तामाङले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्वि गर्नको निमित्त शिक्षक विद्यार्थी र अभिभावक बिचको सम्वन्ध सुमधुर हुनुपर्नेमा जोडदिनु भएको छ । अभिभावकले समय समयमा विद्यालयमा निरिक्षण गरि वस्तुस्थितीको बारेमा जानकार हुनुपर्ने बताउनु हुँदै भन्नुभयो “त्रिपक्षिय सम्वन्ध राम्रो भएमा मात्रै सरकारले शिक्षामा गरेको लगानीले सहि प्रतिफल दिन्छ र शैक्षिक गुणस्तर अभिवृद्विमा टेवा पुग्ने धारण राख्नु भयो। सरकारले शिक्षामा ठुलो लगानी गरेको छ यसतर्फ राज्य मात्रै जिम्मेवार नभएर अभिभावक र शिक्षा क्षेत्रमा काम गर्ने शिक्षकहरु पनि उतिकै जिम्मेवार हुनु आवश्यक रहेको बताउनु भयो ।
विशेष अतिथी एवम् वडाध्यक्ष किरणदिप खडका, वडा सदस्यहरु हरिशरण थापा, सरिता पराजुली विभिन्न विद्यालयका प्रतिनिधि, अभिभावक, विद्यार्थी लगायतको व्यापक सहभागी रहेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख तामाङले छात्रबास निर्माणको लागि आगामी आर्थिक बर्ष २०८१/०८२ मा चरणमा रु ५० लाखको बजेट विनियोजन गर्ने प्रतिवद्वता समेत ब्यक्त गर्नु भयो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/439253996_461658653193250_2562220175859540626_n-1024x683.jpg)
प्रतिक्रिया