महुली लघुबित्त द्वारा १ दिने विद्यार्थीका लागि सचेतनामुलक कार्यक्रम
![महुली लघुबित्त द्वारा १ दिने विद्यार्थीका लागि सचेतनामुलक कार्यक्रम](https://rastriyaonline.com/wp-content/uploads/2024/05/29910ee5-73d6-4df4-b085-81167263c35f-1.jpeg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
महुली लघुबित्त शाखा कार्यलय तालामाराङ द्वारा १दिने विद्यार्थीका लागि सचेतनामुलक कार्यक्रम गरिएको छ ।मेलम्ची ६ को बतासे माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा महुली लघुबित्तका अनुगमन अधिकृत ताकबहादुर राई सभाध्यक्ष बतासे माध्यामिक विद्यालयका प्रधानाध्यापक ज्यामबहादुर तामाङ लगायतको उपस्थिती रहेको उक्त संस्थाका ठाकुर ढुंगानाले जानकारी दिनुभयो । पछिल्लो समय देशमा बचत तथा ऋणको दुरुपयोग बढदै गएको हुनाले समयदेखी नै स्थानीयलाई बचतको महत्व र कर्जाको सदुपयोग के कसरी गर्ने, केका लागि ऋण लिने , बितिय संस्थाले गाँउघरमा के कस्तो सहयोग गरेको छ भन्ने विषयमा जानकारी गराइएको थियो । त्यस्तै पैसा कसरी बचत गर्ने, कस्तो समयमा कर्जा लिने , बैक तथा बित्तीय संस्थाको कर्जा नतिर्दा के के समस्या हुन्छन , बित्तिय संस्थाले समाजमा गरेका सामाजिक कार्यको बारेमा विद्यार्थी तथा शिक्षक बिचमा जानकारी गराइएको हो । कार्यक्रममा कक्षा ९ र १० का बिद्यार्थी साथै शिक्षक -शिक्षिकाको सहभागीता रहेको महुलि लघुबित्त शाखा कार्यलय तालामाराङले जनाएको छ ।
प्रतिक्रिया