पॉचपोखरी थाङपाल गाउँपालिकालाई स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र हस्तान्तरण
पॉचपोखरी थाङपाल गाउँपालिकाको स्थानिय स्तरको विपद् समितिको बैठक आज बसेको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाको अध्यक्षता बसेको बैठकमा अष्ट्रेलियन सरकारको आर्थिक सहयोग, प्राक्टिकल एक्सन र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको साझेदारी र पाँचपोखरी थाङपाल गाँउपालिकाको सहकार्यमा सञ्चालित जलवायुजन्य जोखिम न्युनीकरणका लागि सामुदायिक केन्द्रीत पहिरो पूर्व सुचना प्रणालीका बारेमा छलफल भएको थियो । कार्यक्रममा पहिरो पुर्व सुचना प्रणाली परियोजना संयोजक राजेश गौतमले परियोजनाले गरिरहेका काम र यस्ले समुदाय स्तरमा पुर्याएका प्रभावको बारेमा जानकारी गराउनुभयो । बैठकको अवसरमा (CC-L-EWS) परियोजना अन्तर्गत नेपाल सरकारको स्थानीय आपतकालीन सञ्चार प्रणालीको तहगत आबद्धता र सञ्चालन मापदण्ड २०७५ अनुसार स्थापना गरिएको स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्रको हस्तान्तरण समेत गरिएको परियोजना संयोजक गौतमले जानकारी दिनुभयो ।
स्थानिय आपतकालीन कार्य संचालन केन्द्रको भूमिका विशेषगरी विपद् सँग सम्बन्धित पूर्व सुचनाहरु सङ्कलन गर्ने, अनुगमन गर्ने, र समुदाय स्तरसम्म सुचना पु¥याउने, साथै विपद् न्युनिकरण तथा प्रतिकार्यका गतिविधिहरु सञ्चालन गर्ने रहेका प्राक्टिकल एक्सनकी परियोजना प्रबन्धक बिना खड्काले जानकारी दिनुभयो ।
साथै प्राक्टिकल एक्सन र सिडिइसिएफ् को सहजीकरणमा बनेको पहिरो पूर्व सुचना प्रणालीको प्रारम्भिक अध्ययन पालिकाबाट पारित भएसँगै बायो इन्जिनियरिङको कार्य प्राक्टिकल एक्सन र सिडिइसिएफ् सँग गर्ने विषयमा छलफल गरिएको थियो ।
सामुदायिक विकास तथा वातावरण संरक्षण मंचका कार्यकारी निर्देशक गोविन्द सापकोटाले गाउँपालिका अध्यक्ष लामालाई केन्द्र हस्तान्तरण गर्नुभएको हो । बैठकले पाँचपोखरी थाङपाल गाउँपालिकामा आपतकालिन केन्द्र संचालनका लागि आवश्यक सामग्रीहरु वडा स्तरमा पनि माग बमोजिम सामग्री व्यवस्थापन र यस केन्द्र सञ्चालनमा ल्याउनका लागि बहुप्रकोपीय कृतिम घटना अभ्यास प्रत्येक वडा स्तरमा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो । त्यस्तै स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना परिमार्जनका लागि CDECF का फिल्ड अफिसर जमुना थापालाई प्रविधिक सहयोगका लागि अनुरोध गर्ने, हावापानि मापन केन्द्र स्थापना भएका तर हेरालुको व्यवस्थापन गर्नका लागि पालिकाले सेवासुविधा दिने सम्बन्धमा पालिकाबाट नै आगामी आ।व। २०८१/८२ को बजेटमा व्यवस्था गर्ने निर्णय , प्राम्भिक प्रतिवेदन पारित गर्ने, पुर्वसूचना प्रणाली स्थापना तथा संचालनका लागि साझेदारी संस्थाहरुसंग सहकार्य गर्नका लागि आ।व। २०८१/ ८२ को बजेटमा व्यवस्था गर्ने, पुर्वसुचना प्रणाली स्थापना तथा संचालनका लागि साझेदारी संस्थाहरुसंग सहकार्य गर्नका लागि आ।व। २०८१र२०८२ को बजेटमा व्यवस्था गर्ने निर्णय भएको लामाले जानकारी दिनुभयो । त्यस्तै डिजिटल घरधुरी सर्वेक्षण तथा विपद् पोर्टल संचालनका लागि CDECF र Practical Action लाई प्राविधिक सहयोगको लागि अनुरोध गर्ने, गाउँपालिकाको विपद् व्यवस्थापन सम्बन्धि कार्यविधि संशोधन गर्नका लागि विधायन समितिमा पठाउने निर्णय गर्दै हाल सम्म संस्थाले पालिकामा गरेको कामको समिक्षा गरिएको लामाको भनाइ छ ।
प्रतिक्रिया