महुलीको बित्तिय अनुशासन तथा बित्तीय स्थायीत्वका लागि सार्बजनिक सुनुवाइ सम्पन्न
महुली लघुबित्त शाखा कार्यलय तालामाराङद्वारा १दिने बित्तिय अनुशासन तथा बित्तीय स्थायीत्वका लागि सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको छ । हेलम्बु गाँउपालिका ५ उर्लेनी सामुदायिक भबनमा आयोजित कार्यक्रममा समाजमा असल ब्यक्ती कसरी बन्ने, लागुपदार्थ सेबन तथा घरेलु हिँसाबाट कसरी जोगिन,े घरेलु हिँसा गर्नाले के कस्तो असर पार्छ भन्ने बारेमा शेरा प्रहरी चौकिका प्रहरी जवान धनराशी गुरुङले जानकारी गराउनुभयो । बित्तिय संस्थाको सदस्य बन्दा के कस्तो फाईदा हुन्छ,? संस्थाले के कस्तो ब्याजदर दिएको छ, बित्तिय संस्थाले समजमा गरेकोे सहयोग, बित्तिय संस्थाको ऋण नतिर्दा आउने समस्या, संस्थाको आवश्यकता,संस्थाले गर्ने सहयोग लगायतका बारेमा महुली लघुबित्तका अनुगमन अधिकृत ताकबहादुर राईले जानकारी गराउनुभयो । कार्यक्रमको अवसरमा महुली लघुबित्तका उत्कृस्ट ऋणी चिरिमाया तामाङ तथा उत्कृष्ट बचतकर्ता साईला लामालाई सम्मानित गरिएको छ । शैक्षिक तथा आर्थिक हिसाबले यस क्षेत्रलाई महुली लघुबित्त संस्थाले बिना धितो कर्जा दिएर किसानी तथा उद्यमीलाई सहयोग गरिरहेको सभाध्यक्ष काले तामाङले बताउनुभयो । आर्थिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको संस्थाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने संस्थाका तालामाराङ शाखाका प्रमुख सुशीलकुमार चौधरिले प्रतिबद्धता जनाउनुभयो । संस्थाले सुत्केरिलाई पोषणको लागि तथा आगलागी, बाढी पहिरो,आर्थिक अवस्था कम भएका विद्यार्थी, तथा सदस्यहरु, भइपरी आउने घटनाको बेला सहयोग गर्दै आएको तालामाराङ शाखाका कर्मचारी बिगुल ढुँगानाले जानकारी दिनुभयो । हेलम्बु गाँउपालिका वडा नम्बर ५ का ७० जनाको सहभागीता रहेको कार्यक्रम उर्लनी आधारभुत बिद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष काले तामाङको अध्यक्षतामा भएको हो । कार्यक्रममा महुली लघुबित्तका अनुगमन अधिकृत ताकबहादुर राई, प्रहरी चौकी शेराका प्रहरी जवान धनराशी गुरुङ, लगायत स्थानियको उपस्थिती रहेको संस्थाका बिगुल ढुंगानाले जानकारी दिनुभयो ।
प्रतिक्रिया