नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीको बिस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला सम्पन्न
नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीको बिस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको बैठकमा एमाले स्थाई कमिटि सदस्य तथा पूर्व मन्त्री शेरबहादुर तामाङले एमाले एक्लैले बहुमत ल्याउनेगरी लाग्न आग्रह गर्नुभयो । विगतमा अदालतको परमादेशबाट एमाले सरकार बाट हट्न परेपछि र अरु सबै एक भएर चुनाव लडेकोले एमालेले सोचे अनुसार जित हासिल गर्न नसकेको बताउँदै पूर्व मन्त्री तामाङले आगामी निर्वाचनमा सबैदल मिलेर आएपनि एमालेले जित्ने गरि लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । एमाले सरकारमा आएपछि केहि नयाँ काम भएको बताउँदै तामाङले सिन्धुपाल्चोकको सबै ठाँउमा बिजुली बत्ति पुगेको, सबै तिर मोटरबाटो पुगेको, धेरैतिर कालोपत्रे गर्न लागेको, बिकास निर्माण भएगरेका काम गुणस्तरीय भएको उदाहरण दिनुभयो । समृद्ध नेपाल सुखी नेपाली हुनको लागि बाहिरबाट खाद्यान्न, पेय पदर्थ, तरकारी खरिद गरेर होइन , कृषिमा लागेर उत्पादनमा भाग लिन पर्ने, आयत होइन निर्यात गर्नपर्ने तामाङको भनाई थियो । केही दिन अघि इलाम र बझाङमा भएको उपनिर्वाचनबाट एमालेलाइ केहि राम्रो संकेत गरेको तामाङले दावि गर्नुभयो ।
कार्यक्रममा पोलिटब्यूरो सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज गोकुल बास्कोटाले आगामी निर्वाचनलाई मध्यनजर गर्दै पार्टी गतिविधि बढाउनुपर्ने बताउनुभयो । अबको ३ बर्ष पछिको निर्वाचनलाई सदुपयोग गर्नेकुरामा लाग्न उहाँले आग्रह गर्नुभयो । बास्कोटाले अहिलेको नेतृत्वलाइ सबैले सहयोग गर्न पर्ने बताउनुभयो । पार्टी भित्र चलाखि गर्न होइन, पार्टी बाहिरको शक्तिसंग चलाखी गर्न पर्ने बास्कोटाको भनाई थियो । उहाँले आगामी निर्वाचनमा ८ वटै वडा जित्नेगरी लाग्न सुभकामना दिदैं सिन्धुपाल्चोकको पाँचपोखरी धेरै राम्रो पर्यटकीय स्थल रहेको अनुभूति भएको बताउनुभयो । काठमाडौंका ४० लाखलाइ पानी खुवाउने, हाइड्रो पावर भएको, पीडा नै पीडा पनि सिन्धुपाल्चोकमा नै रहेको बास्कोटाले उल्लेख गर्नुभयो । सिन्धुपाल्चोकलाइ समृद्ध जिल्ला बनाउन एमाले बाहेक अरुले चासो नदिने दावि गर्नुभयो । काङ्ग्रेस र माओवादीको गठबन्धन दुधमा कागती हालेको जस्तो भएको बताउँदै एमालेले एमाले मात्रै देख्ने होइन, अरु पार्टीका राम्रा मान्छेलाइ पनि देखेर खोजि गरेर एमाले बढाउन पर्ने बताउनुभयो । सिन्धुपाल्चोकबाट धेरै कुरा सिकेको र सिक्ने क्रममा रहेको भन्दै मिसन ८४ भनेको वडा सदस्य देखि पालिका अध्यक्ष सम्म, प्रदेश सभा सदस्य देखि संघीय सभा सदस्य सम्म जित्ने अनि सरकार बनाएर जनताको सेवा गर्ने, देशको सेवा गर्ने, समृद्ध नेपाल सुखी नेपाली बनाउने रहेको बताउनुभयो ।
पार्टी केन्द्रिय सदस्य सरेश नेपाल एमाले अरु पार्टी भन्दा फरक भएकोले हाम्रा नेता कार्यकर्ता पनि अरु पार्टीका नेता कार्यकर्ता भन्दा राम्रो हुनपर्ने बताउनुभयो । पार्टीका जिम्मेवारीमा रहेकाहरुले जिम्मेवारी पुरा गर्न पर्ने, पार्टीको गतिविधिमा सहभागी हुने, मत जायर गर्ने , सदस्यता बढाउने , जनताको सेवा राम्रोसँग गर्नपर्ने नेपालले उल्ले गर्नुभयो । पाँचपोखरी थाङपाल गाउँपालिकामा एमालेले दुई पटक चुनाव जितेर १० बर्ष शासन गरेपछि अरु पालिका भन्दा पाँचपोखरी थाङ्पालमा राम्रो काम हुनपर्ने नेपालको भनाई थियो । सामन्तवादी अवशेषको अरुमा रहेको गुठी समस्या समाधान गर्दै जिल्लामा २१ हजार भन्दा बढी गुठि पीडित रहेको जानकारी दिनुभयो । यसअघि ३७ हजार रहेकोमा लड्दा लड्दा २१ हजारको संख्यामा झरेको नेपालले बताउनुभयो । गरिव निमुखा महिला दलितहरुको निम्ति लड्ने पार्टी एमाले रहेकोले सोहि अनुसार सबै लाग्न पर्ने भन्दै जनता लाई सचेत बनाउन पर्ने, एमाले पार्टी छोडेर गएकालाइ फेरि फर्काउन र अरु पार्टीमा भएका राम्रा मान्छे एमालेमा भित्र्याउन एमाले सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।
एमाले नेता सुवास कर्माचार्यले पार्टीमा कुनै गुट, बिचार समुह नभएको बताउदै कसैले गुटको कुरा गर्छ भने त्यो गलत हुने बताउनुभयो । हस्त पण्डितले पार्टीलाइ एकमना एकताको साथ अघि बढाउने हो भने नेता कार्यकर्ताहरु एक हुन पर्ने, पार्टीले तय गरेको नारा अनुसार हामी नेता कार्यकर्ताहरु अघि बढ्न पर्ने बताउनुभयो ।
बैठकमा जिल्लाका नवनिर्वाचित पदाधिकारीहरु, निवर्तमान अध्यक्ष कमल नेपाल , अध्यक्ष होमनारायण श्रेष्ठ , प्रदेश कमिटीका सचिवालय सदस्य बालकृष्ण देउजा लगायतले आफ्नो भनाई राख्नुभएको थियो । प्रदेश कमिटी सदस्य देविन्द्र खत्री, जिल्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्य, निवर्तमान जिल्ला कमिटी सचिवालय सदस्यहरु ,स्थानीय जनप्रतिनिधिहरु लगायतको बैठकमा उपस्थिति रहेको थियो ।
प्रतिक्रिया