अनलाइन सट्टेबाजीमा २ अर्ब बढीकाे काराेबार गरेकाे आरोपमा काभ्रेका एकजना पक्राउ
![अनलाइन सट्टेबाजीमा २ अर्ब बढीकाे काराेबार गरेकाे आरोपमा काभ्रेका एकजना पक्राउ](https://rastriyaonline.com/wp-content/uploads/2024/05/638512033213746182.png)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
अनलाइन सट्टेबाजीमा २ अर्ब बढीकाे काराेबार गरेकाे आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले एक्सबेट,जुवा ३६५, क्रिप्टो लगायतमा सट्टाबाजी गर्न रकम लगाएर संकलन गर्ने गरेको आरोपमा २४ वर्षीय युवकलाई नियन्त्रणमा लिएकाे हाे ।
काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका वडा नम्बर ८का अनिल ढुंगाना पक्राउ परेका हुन् । हाल भक्तपुरको सूर्यबिनायक बस्ने गरेका छन् । उनीले विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बर प्रयाेग गरी सट्टेबाजी गर्ने गरेकाे प्रारम्भिक अनुसन्धानमा खुलेकाे छ ।
यसकासाथै ढुंगानाले ती नम्बर मार्फतरी ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा काराेबार गर्ने गरेका थिए । प्रहरीका अनुसार उनले अहिलेसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको पाइएकाे छ ।
बाइनान्समार्फत २ वटा खाता प्रयोग गरेर ढुंगानाले विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ कारोबार गरेको भेटिएको हाे ।
प्रतिक्रिया