आयरल्यान्डविरुद्धको शृंखलामा पाकिस्तानको पुनरागमन
ओपनर मोहम्मद सिराज र फखर जमानको अर्धशतकसँगै पाकिस्तानले घरेलु टोली आयरल्यान्डविरुद्धको टी-२० आई शृंखलामा पुनरागमन गरेको छ।
आइतबार राति सम्पन्न शृंखलाको दोस्रो खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको हो। योसँगै पाकिस्तानले ३ खेलको टी-२० आई शृंखला १-१ को बराबरी गरेको छ।
पहिलो खेलमा पाकिस्तान ५ विकेटले पराजित भएको थियो। आयरल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १६.५ ओभरमा ३ विकेट गुमाउँदै १९५ रन बनायो।
पाकिस्तानका खानले सर्वाधिक ७८ रन बनाए। ४० बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। रिजवन ७५ र आजम खान ३० रनमा अविजित रहे।
आयरल्यान्डका मार्क ऐडेयर, ग्रेम ह्यूम र बेन व्हाइटले १/१ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको थियो।
आयरल्यान्डका लोर्कान टकरले सर्वाधिक ५१ रन बनाए। ३४ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
ह्यारी टेक्टर ३२, कर्टिस कैमफर २२ र जोर्ज डोकरेल १५ रनमा आउट हुँदा ग्यारेथ डेलेनी २८ रनमा अविजित रहे।
पाकिस्तानका शाहीन शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए। अब्बास अफ्रिदीले २ विकेट लिँदा मोहम्मद आमिर र नसीम शाहको नाममा १/१ विकेट रह्यो।
प्रतिक्रिया