मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित
![मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित](https://rastriyaonline.com/wp-content/uploads/2024/05/cabinet-jestha-1-gate.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
काठमाडौं । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै आजको बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको शर्माले बताइन् ।‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोगले हिजो मन्त्रिपरिषद्मा पठाएको थियो ।
प्रतिक्रिया