पोलियो रोग विरुद्ध आइ पि भि खोप अभियान सम्बन्धि जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नागरिकको स्वस्थ रहन पाउने अधिकार सुनिश्चितताका लागि खोप अभियान प्रभावकारी हुने बताउनु भएको छ । बिहिबार मेलम्चीमा आयोजित पोलियो रोग विरुद्ध आइ पी भी खोप अभियान सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जूमा गोष्ठिमा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै प्रमुख तामाङले स्वास्थ्य क्षेत्रमा आएका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको बताउनु भएको हो । कार्यक्रममा जिल्लाका ९ पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख लगायत सहभागी थिए ।सिन्धुपाल्चोकमा जेठ १३ बाट पोलियो रोग विरुद्ध आइ पी भी खोप अभियान सुरु हुने जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाँइले जानकारी दिनुभयो। उहाँले खोप अभियान सफल बनाउन सबैको साथ आवश्यक रहेको बताउनुभयो । ३ पालिका मेलम्ची , चौतारा सागाँचोकगढी र भोटेकोसीका लागि कार्यक्रम यस अघि सुनकोशीमा सम्पन्न भएको बजगाइँले जानकारी दिनुभयो । बजगाईँका अनुसार आगामी जेठ १३ गतेदेखि १७ गतेसम्म हुने पाँच दिने आइ.पी.भी. खोप अभियान तोकिएको विद्यालयमा खोप केन्द्र राखी स्थानीय स्वास्थ्य संस्थाबाट अभियान सञ्चालन समयमै सम्पन्न गर्ने निर्णय गरिएको छ । विश्वबाट नै पोलियो रोग उन्मुलन गर्ने हेतुले सञ्चालन हुन लागेको पोलियो, रोग विरुद्ध सुई लगाएर नै खोप दिइने यो अभियान सफल पार्नका लागि उहाँले आग्रह गर्नुभयो । २०७३ साल बैशाख १ गतेदेखि २०७५ साल असोज मसान्तभित्रको समयाअवधिमा जन्मिएका बालबालिकाहरुको नाम टिपाई सही विवरण उपलव्ध गराई सहयोग गरिदिन हुन सरोकारवालाहरुलाई कार्यालय प्रमुख बजगाईँले अनुरोध गर्नुभयो ।
प्रतिक्रिया