सिटिजन्स लाइफ इन्सोरेन्स मेलम्ची द्धारा मृत्यू दावि रकम भुक्तानी
![सिटिजन्स लाइफ इन्सोरेन्स मेलम्ची द्धारा मृत्यू दावि रकम भुक्तानी](https://rastriyaonline.com/wp-content/uploads/2024/05/WhatsApp-Image-2024-05-19-at-15.55.02_b7b2533b.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
सिन्धुपाल्चोक । सिटिजन्स लाइफ इन्सोरेन्स मेलम्ची शाखाले विमितको मृत्यूदावी रकम भुत्तानी गरेको छ । आइतबार मेलम्ची नगरपालिका १३ फटकशिलामा १९ बर्षिय बिमित मृतक सुरेन्द्र तामाङका बुबा लोकबहादुर तामाङलाई बिमा अनुसारको ८,०००००/(आठ लाख मात्र) चेक हस्तान्तरण गरिएको सिटिजन्स लाइफ इन्सोरेन्स मेलम्ची शाखाका प्रमुख विकेश श्रेष्ठले जानकारी दिनुभयो ।
सोही क्रममा उपस्थित भएका स्थानीयलाई जिवन बिमाको महत्व र आबश्यकताको बिषयमा समेत प्रष्ट पारिएको ऐजेन्सी म्यानेजर जमुना माझीले बताउनुभयो । मृतक सरेन्द्रले पहिलो किस्ता बापतको मात्र ४९,००० रकम बुझाएका थिए । उनको हृदयघातका कारण मृत्यू भएको थियो ।
प्रतिक्रिया