सैलुङको राष्ट्रिय प्राथमिक विद्यालयमा लायन्स क्लबकाे शैक्षिक सामग्री सहयाेग
![सैलुङको राष्ट्रिय प्राथमिक विद्यालयमा लायन्स क्लबकाे शैक्षिक सामग्री सहयाेग](https://rastriyaonline.com/wp-content/uploads/2024/05/21e919ed-3810-4f3a-822f-78cb50c28258-1536x1152-1.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपलगाएतका संस्थाले दाेलखाकाे सैलुङ गाउँपालिका ढुङे ६ मा रहेकाे राष्ट्रिय प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकाे छ ।
सहारा सामाजिक सस्था को समन्वय मा लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप, लायन्स क्लब अफ सहारा, लायन्स क्लब अफ न्यु ग्रिनसिटी, लायन्स क्लब अफ इन्टरप्रेनरसिपलगाएतका संस्थाले शैक्षिक सामग्री वितरण गरिएकाे हाे ।
लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका अध्यक्ष राजेश हिमालयले राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग, शैक्षिक सामग्री(कापी, पेन्सिल)र पानी खाने बाेतल वितरण गरिएकाे बताउनुभयाे ।
क्लबकाे शैक्षिक सामग्री वितरण कार्यक्रममा क्लबका अध्यक्षहरु राजेश हिमालय ,राजेन्द्र मल्ल ,राजेन्द्र भट्ट, लायन सुसिला श्रेष्ठ ,चन्दिका श्रेष्ठ, भरत कोइराला, कृष्ण हरि केसी ,रिस्ता श्रेष्ठ, ललिता शाक्य विद्यालयका प्र अ सुन्दर खडका, विब्यस अध्यक्ष मिलन मगर, वडा अध्यक्ष दीपक बस्नेतलगाएतका उपस्थित हुनुहुन्थ्याे ।लायन्स क्लबले भुकम्प, बाढीपहिराेदेखि देशभरिका विभिन्न विद्यालयहरूमा सहयाेग कार्यक्रम चलाइरहेकाे अध्यक्ष राजेश हिमालयले बताउनुभयाे ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/a8bc6993-91ca-4573-87bd-5c35a3da3953-1024x768.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/bd20957f-4a69-4da6-b79c-30c4ea66c178-1024x768.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/d6d52a9b-e145-4302-9554-d8f814cea7ae-1536x1152-1-1024x768.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/0b7e89a6-f60d-4997-bf82-4826e49ca999-1-1152x1536-1-768x1024.jpg)
प्रतिक्रिया